लुकीछिपी फोहोर फलेर भाग्नेलाई ५० हजार जरिवाना

लुकीछिपी फोहोर फलेर भाग्नेलाई ५० हजार  जरिवाना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

काठमाडौँ  ।  अब अरूको आँखा छल्दै फोहोरको  फालेको सीसीटीभीबाट हेरेर कार्बाही अगाडि बढाउने भएको छ ।

महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले यसरी फलेको  सीसीटीभीबाट अनुगमनबाट   पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्ने कार्यकम ल्याएको छ । 

कुनै मानिस पोको बोकेर कता जाँदैछ  बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने सीसीटीभीबाट अनुगमन गर्ने छ ।  

महानगरपालिकाले यो प्रयोजनका लागि महानगरीय प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान समेत दिइसकेको छ ।  

 प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएकोमा आब फोहोर व्यावस्थापनमा पनि प्रयोग हुन भएको छ ।  

अब लुकीछिपि बाटोघाटोमा फोहोर फलेर भाग्नेलाई पनि यही सीसीटीभीमार्फत सजिलै पक्रन सकिने भएको छ । निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही महानगरीय प्रहरी परिसरले कार्यबाही गर्ने भएको छ । महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाले दिएको जनाकारी अनुसार   अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिदै आएको छ । 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान सिंहका अनुसार आर्थिक वर्ष २०७६/७७ को सुरुबाटै महानगरका सबै दोबाटो, चौबाटोमा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेको छ । अब फोहोर जथाभावी  पाल्ने कारबाही प्रारम्भ गरेको छ ।  । कार्यान्वयन विभाग प्रमुख सापकोटाका अनुसार तीन लाख रुपियाँ जरिवाना शुल्क महानगरपालिकाले उठाइसकेको छ ।  

 एक हजारदेखि ५० हजार रुपियाँसम्म महानगरपालिकाले जरिवाना गर्न सक्ने नियम रहेको छ । यसलाई अझ प्रभावकारी बनाउँदै सर्वसाधारणमा सार्वजनिक स्थानमा फोहोर थुपार्न हुन्न भन्ने सजगताका लागि पनि सीसीटीभी जडान गर्ने योजना तयार गरिएको हो  ।  

हालै मात्र डिल्लीबजार पीपलबोटमा फालिँदै आएको फोहोरलाई व्यवस्थापन गरी यहाँ फोहोर फाल्न निषेध गरिसकिएको छ भने त्यहाँ  फालिदै आएकाले यही स्थानबाट एक सय मिटर आसपास ढकाल आलुप्याज सेन्टर, वसन्तेश्वर महादेव र सामुन्नेको शिव पराजुली किराना पसलअगाडि फोहोर थुपार्न थालेको छ ।  

जाडोमा खास्टोभित्र फोहोरको पोको राखेर, मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर र वर्षादमा छाताको डन्डीमा फोहरको पोका गुथेर खुसुक्क बाटोमा फाल्ने चलन चल्दै आएको छ ।  
प्रवक्ता सिंह भन्नुहुन्छ, 'अब फोहोर फाल्नेलाई पटकैपिच्छे ५० हजार रुपियाँ जरिवाना हुन्छ ।

जडित सीसीटीभीबाट यस्ताको पहिचान गरेर घरडेरामै पुगेर कारबाही गरिन्छ ।' नेपाल प्रहरीले सीसीटीभी जडानका लागि बोलपत्र नै आह्वान भइसकेको जनाइएको छ ।