फोहोर गाडीलाई १४,४०० रुपैयाँ जरिवाना

फोहोर गाडीलाई १४,४०० रुपैयाँ जरिवाना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) कडा कानुन भएको देशको रुपमा चिनिन्छ । मोटर गाडी सम्बन्धी उसको कानून पनि कडा नै छ । मोटर गाडी सम्बन्धी कानूनमा अब आफ्नो गाडी सफा सुग्घर राख्नुपर्ने र यदि कसैले फोहोर गाडी सडकमा पार्क गरेको भेटिएमा ५०० दिराम अर्थात १४,४०० रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम  दुबई नगर निगमले लागु गरेको छ । 

दुबई नगर निगमले ट्वीट गर्दै यस्ता चिजहरुले शहरको सुंदरता खराब गर्ने हुँदा नागरिकलाई सम्झाउनका लागि मात्र यो जारी गरिएको हो जो गर्मीमा छुट्टी मनाउने जाने योजना बनाइ रहेका छन् । शहरको सुन्दरता कायम राख्नका लागि नगर निगमले यस्तो कदम उठाएको हो । 

नगर निगमका  इंस्पेक्टरहरुले सड़कमा पार्क गरी राखिएको फोहोर गाडीलाई सफा गर्न १५ दिनको समय दिइने र उक्त समयमा पनि गाडी सफा नगरे गाडी जफत गर्ने सूचना गाडीमा टाँस्ने गरेका छन् । 

फोहोर व्यवस्थापन विभागका  निर्र्देशक अल सैफीले यदि उक्त अवधि भित्र चालकले कुनै जवाफ नदिएका खण्डमा गाडी स्क्र्याप यार्डमा पठाउने बताएका छन् । यदि गाडी मालिकले जरिवाना दिन अस्वीकार गरेका खण्डमा गाडी लिलाम गरिने पनि उनले बताए । 

दुबई संसारको एउटा प्रमुख पर्यटकीय स्थल मध्ये एक हो । सन् २०१८ मा १.५९ करोड अन्तर्राष्ट्रिय पर्यटकले दुबई भ्रमण गरेका थिए ।