१७०० वर्ष पुरानो भवन भेटियो रुसमा

१७०० वर्ष पुरानो भवन भेटियो रुसमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

काठमाडौं, एजेन्सी । रेडियोग्राफीको मद्दतले वैज्ञानिक म्युअन  रूसी शहर डर्बेंटमा कैस्पियन सागरमा रहेको रहस्यमयी भवन स्क्यान गर्नमा जुटेका छन् । उनको मान्यता छ कि यो दुनियाँको सबैभन्दा पुरानो मध्येको एक चर्च हुनसक्छ । त्यस्तै अन्य केहीको मान्यता भने यो एक जलाशय वा एक जोरास्ट्रियन फायर मंदिर पनि हुनसक्छ । 

शोधकर्ताका अनुसार यदि यो चर्च हो भन्ने तथ्य मिलेका खण्डमा यो दुनियाँको सबैभन्दा प्राचीन चर्चमध्ये एक हुनसक्छ । यो भवन मध्ययुगीन किल्ला नार्यन–कला के उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ । 
यो भूमिगत तथा स्थानीय शेल चुन ढुंगाबाट बनेको छ जो करीब १७०० वर्ष पुरानो हो । तर यो ठाउँमा उत्खनन गर्दा युनेस्कोको सम्पदा माथि खतरा पनि हुनसक्छ । 

पुरातत्वविदको विभिन्न निष्कर्षका आधारमा यो भवन क्रस आकारको छ । यसकारण पनि यो चर्च हो भन्ने संभावना बढेको हो । यो ३६ फिट अग्लो, ५० फिट लामो तथा ४४ फिट चौडा छ । 
वैज्ञानिक समुहका प्रमुख नतालिया पोलुखिनाका अनुसार, यो एक आयताकार भवन हो । यसको बनावट हेर्दा यो पानी ट्याँकी पनि हुनसक्ने अनुमान गर्न सकिन्छ । हामी यसको खोजमा लागिरहेका छौं ।