ट्रम्प – इमरान भेट २२ जुलाइमा

ट्रम्प – इमरान भेट २२ जुलाइमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २२ जुलाइमा पाकिस्तानका प्रधानमंत्री इमरान खानसँग व्हाइट हाउसमा भेट गर्ने भएका छन् । दुई नेताबीच आतंकवाद लगायत अन्य क्षेत्रिय मुद्दामा कुराकानी हुने सम्भावना छ । व्हाइट हाउसले जारी गरेको विज्ञप्तिमा यो कुरा जनाइएको छ । 

व्हाइट हाउसका अनुसार, राष्ट्रपति ट्रम्प तथा  प्रधानमंत्री इमरान खानबीच  दक्षिण एशियामा कसरी शांतिपूर्ण स्थिति बनाउने तथा दुई देशबीच स्थायीत्वपूर्ण सम्बन्ध बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ । साथै आतंकवाद, रक्षा, ऊर्जा तथा व्यापारिक मुद्दा सल्टाउने प्रयास पनि हुनेछ । 

पछिल्लो वर्ष अगष्टमा प्रधानमंत्री बनेपछि इमरान खानको यो पहिलो अमेरिका भ्रमण हो । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पनि प्रधानमंत्रीको अमेरिका भ्रमणका बारे जानकारी गराएका छन् । प्रधानमंत्रीको भ्रमणको विषयमा हामी अमेरिकासँग निरन्तर संपर्कमा छौं, उनले भनेका छन् । 

विदेश मन्त्रालयले जारी गरेको बयानमा इमरान खानले अफगानिस्तानका बारेमा पनि कुराकानी गर्न चाहेका छन् । उनी पाकिस्तानमा शांति तथा स्थिरता कायम गर्नका लागि अफगानिस्तानको राजनीतिक समस्या समाधानका बाटाहरु पहिल्याउने कोशिशमा हुनेछन् ।