बेजोस गर्लफ्रेंडका साथ विंबलडन टेनिस हेर्न पुगे

बेजोस गर्लफ्रेंडका साथ विंबलडन टेनिस हेर्न पुगे

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

काठमाडौं, एजेन्सी । संसारका सबैभन्दा धनी, अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस आइतवार गर्लफ्रेंड लरेन सांचेजका साथ विंबलडन टेनिसको मेन्स सिंगल्स फाइनल हेर्न पुगेका थिए ।

बेजोस तथा सांचेजबीचको सम्बन्धका बारे खुलासा भएपछि उनीहरु पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन् । 

जेफ बेजोस टेनिसको एकदमै धेरै फ्यान हुन् । २००९ मा उनले पीट साम्प्रासका साथ एक च्यारिटी म्याच खेलेका थिए । जसमा उनको प्रतिस्पद्र्धा बिल गेट्स तथा आंद्रे आगासीको जोडीको साथ भएको थियो । 

बेजोसको सांचेजसँगको सम्बन्धका बारेमा यस वर्षको जनवरीमा मात्र खुलासा भएको थियो । त्यसभन्दा पहिले नै बेजोसले पूर्व पत्नी मैकेंजीसँग अलग हुने घोषणा गरेका थिए ।

हाल सम्बन्ध विच्छेदको सम्पूर्ण प्रक्रिया पुरा भैसकेको छ भने सम्बन्ध विच्छेद वापत मैकेंजीलाई अमेजनको ४ प्रतिशत शेयर प्राप्त भैसकेको छ ।  

जसको मूल्य ४०.५ अरब डलर बराबर हुन आउँछ ।