नैंसी पेलोसीको आरोप, ट्रम्प अमेरिकालाई  ‘व्हाइट’ बनाउन चाहन्छन्

नैंसी पेलोसीको आरोप, ट्रम्प अमेरिकालाई  ‘व्हाइट’ बनाउन चाहन्छन्

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७६

काठमाडौं, एजेन्सी ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी महिला सांसदमाथि गरेको टिप्पणीको चर्को आलोचना भइरहेको छ ।

१५ जुलाइ सोमवारका दिन अमेरिकी संसदको हाउस स्पीकर नैंसी पेलोसीले, ‘डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसका ४ जना महिला सदस्यलाई आफ्नो देश फर्कन भन्नुले उनको ‘मेक अमेरिका ग्रेट अगेन’को योजना कस्तो हो र उनी अमेरिकालाई सँधै ‘व्हाइट’ बनाउन चाहन्छन् भन्ने कुरा स्पष्ट भएकाे तर, अमेरिकाको विविधता नै अमेरिकाको शक्ति हो,’ उनले भनिन् । 

ट्रम्पले १४ जुलाई आइतवारका दिन डेमोक्रेटिक कांग्रेसका चार महिला सांसदलाई उनीहरु जुन देशबाट आएका हुन त्यही देशमा फर्के हुन्छ भनेर भनेका थिए । यी सांसदका मातृभूमिका सरकारहरु पूर्ण रुपमा काम नलाग्ने भइसकेका छन् त्यसकारण उनीहरुले त्यही गएर सुझाव दिए हुन्छ , उनले भनेका थिए । 

ट्रम्पको यो भनाइलाई अमेरिकामा रहेका विभिन्न आप्रवासीले यसलाई आप्रवासी समुदायमाथिको खतराका रुपमा लिएका छन् । 

 मिचिगन १३ की डिस्ट्रिक्ट सांसद रशीदा तलैबले यस विषयमा प्रतिक्रिया दिंदै भनिंन, ट्रम्पमाथि महाभियोग लगाउनु पर्छ, उनी पूर्णरुपमा असफल राष्ट्रपति हुन् । उनको विचारधारा खतराको संकेत हो । उनलाई तत्कालै  राष्ट्रपति पदबाट हटाउनु पर्छ ।’ 

सांसद एलेक्जेंड्रिया ओकासियो कार्तेज, रशीदा तलेब, इल्हान उमर तथा अयाना प्रेस्लेले ट्रम्पको यस्तो अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । 

स्पीकर नेंसी पेलोसीले आफ्नो ट्वीटमा, ट्रम्पको टिप्पणि ज्यादै उन्मादले भरिएको र उनले देशलाई विभाजन गर्ने काम गरिरहेका छन् । उनले कांग्रेसका  सदस्यमाथि हमला गर्नुको साटो मिलेर  इमिग्रेशन नीतिमाथि काम गनर््पर्ने थियो जसले अमेरिकी मूल्य तथा आर्दशलाई प्रतिविम्वित गर्छ ।