स्कूल जान प्लास्टिकका थैलामा केटाकेटी

स्कूल जान प्लास्टिकका थैलामा केटाकेटी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७६

काठमाडौं, एजेन्सी । उत्तरी भियतनामको हुओई हा गाउँका बच्चा ओभानो कपडामा स्कूल जानका लागि आफ्नो ज्यान नै जोखिममा राखेर नदी पार गर्छन् । खासमा वर्षामा जब नदीम बाढी आउँछ तब स्कूले केटाकेटीलाई प्लास्टिकको थैलोमा बन्द गरिन्छ र उनीहरुलाई पौडीवाजहरुले नदी पार गराउने काम गर्छन् । 

गाउँप्रमुख वो गोइंगका अनुसार, 'यो एकदमै खतरनाक हो तर हामीसँग अर्को कुनै विकल्प पनि छैन् । वर्षामा जब पानीको स्तर बढ्छ तब बाँसले बनेको पुल बाढीले बगाउँछ यस्तोमा तैरिएरमात्र नदी पार गर्न सकिन्छ । गाउँका एक स्थानीय व्यक्तिका अनुसार स्कूले केटाकेटीको पोशाक नभिजोस भन्नका लागि यो तरिक अपनाइएको हो ।'



गाउँप्रमुख वो गोइंग भन्छन्, 'प्लास्टिकको थैलोमा बसेर नदी पार गर्नु साँच्चै जोखिम उठाउनु हो । केटकोटीलाई बगाउने तथा बेहोश हुने खतरा पनि त्यत्तिकै रहन्छ । जब नदीमा बाढी आएको हुन्छ त्यसबेला भने धेरै नै खतरा हुन्छ । कहिले कहिले त पौडीवाजबाट पनि भुल हुनसक्छ नि ।'