बर्नार्ड अर्नोल्ट बने संसारको दोस्रो धनी

बर्नार्ड अर्नोल्ट बने संसारको दोस्रो धनी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७६

काठमाडौं, एजेन्सी । लग्जरी गुड्स कंपनी एलवीएमएचका अध्यक्ष बर्नार्ड अर्नोल्ट संसारको दोस्रो धनी व्यक्ति बनेका छन् । एलवीएमएचको शेयर १.३१ प्रतिशतले वृद्धि  भएपछि  अर्नोल्टको कुल सम्पत्तिमा वृद्धि भई १०८ अरब डलर पुगेको हो । यसका साथ उनले बिल गेट्सलाई पछि पार्दै तेस्रो नम्बरमा धकेलेका हुन् । हाल बिल गेट्सको सम्पत्ति १०७ अरब डलर रहेको छ । ब्लूमबर्ग बिलेनियर इंडेक्समा माइक्रोसफ्टका को–फाउंडर बिल गेट्स तेस्रो नम्बरमा पुगेका छन् । 

ब्लूमबर्ग बिलेनियर इंडेक्सको ७ वर्षको इतिहासमा पहिलो पटक बिल गेट्स तेस्रो नम्बरमा परेका हुन् । यसमा समावेश ५०० सर्वाधिक धनीहरुको सूची हरेक दिन शेयर बजार बन्द भएपछि अद्यावधिक गर्ने गरिन्छ । 

इंडेक्समा समावेश अरबपतिमा यस वर्ष सबैभन्दा धेरै अर्नोल्टको कुल सम्पत्तिमा वृद्धि भएको हो । उनको कुल सम्पत्ति ३९ अरब डलरले वृद्धि भएको छ जुन फ्रान्सको कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत हो । 

स‌ंसारका सर्वाधिक ५ धनी व्यक्ति

  • नाम/कंपनी/देश
 
  • कुल सम्पत्ति  ( अरब डलर)
  • जेफ बेजोस, अमेजन (यूएस)
 
  • १२५
  • बर्नार्ड अर्नाेल्ट, एलवीएमएच (फ्रांस)
 
  • १०८ 
  • बिल गेट्स, माइक्रोसफ्ट (यूएस)
 
  • १०७
  • वारेन बफेट, बर्कशायर हैथवे (यूएस)
 
  • ८३‍‍.९
  • मार्क जुकरबर्ग, फेसबुक (यूएस)
 
  • ७९.५

अर्नोल्ट पछिल्लो महिना सेंटीबिलेनियर (१०० अरब डलर कुल सम्पत्ति) क्लबमा पनि सामेल भएका छन् । संसारमा यस्ता केवल तीन व्यक्ति बेजोस, गेट्स तथा अर्नोल्टको संयुक्त कुल सम्पत्ति अमेरिकी शेयर बाजारको एसएंडपी ५०० इंडेक्समा सामेल हरेक कम्पनीको भन्दा धेरै छ । वालमार्ट, एक्सन मोबिल कर्प तथा  वाल्ट डिज्ने जस्ता कम्पनी यो इंडेक्समा सामेल छन् । 

अर्नोल्टसँग एलवीएमएच कंपनीको करीब ५० प्रतिशत शेयर छ । १९८८ मा उनले नियन्त्रित  हिस्सेदारी खरीद गरेका थिए । उनसिँग फेशन हाउस क्रिश्चियन डायरको ९७ प्रतिशत शेयर छ । 

बिल गेट्स तथा बेजोसले जस्तै अर्नोल्ट पनि परोपकारका काममा सामेल भएका छन् । फ्रान्समा आगलागी भएको नोट्रे ड्याम कैथेड्रल चर्च पुनर्निर्माणका लागि अर्नोल्ट तथा  उनको परिवारले यस वर्षको अप्रिलमा ६५ करोड़ दिएका छन् । 

बिल गेट्सले अहिलेसम्म ३५ अरब डलर भन्दा धेरै दान गरिसकेका छन् । अन्यथा उनी अहिले विश्वको सबैभन्दा धनी व्यक्ति बन्ने थिए । त्यस्तै सम्बन्ध विच्छेद वापत पूर्व पत्नी मैकेंजीलाई करीब ३६.५ अरब डलरको शेयर दिएपनि बेजोस अहिले पनि विश्वको सर्वाधिक धनीको सूचीमा टिकेका छन् ।