मुंबई हमलाका मास्टरमाइंड हाफिज सईद गिरफ्तार

मुंबई हमलाका मास्टरमाइंड हाफिज सईद गिरफ्तार

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७६

काठमाडौं, एजेन्सी । पाकिस्तानले मुंबइ हमलाका  मास्टरमाइंड हाफिज सईदलाई  गिरफ्तार गरेको छ । उनी लाहोरबाट गुजरांवाला जाँदै गर्दा पक्राउ परेका हुन् । पाकिस्तानको  पंजाब प्रांतका मुख्यमंत्री कार्यालयका अनुसार, सईदलाई गुजरांवालाबाट गिरफ्तार गरिएको हो । उनीमाथि प्रतिबंधित संगठनका लागि रकम जम्मा गरेको आरोप छ जुन अवैध हो । 

पास्तिानको मीडियाका अनुसार, उनलाई  न्यायिक हिरासतमा राखिएको छ । यस वर्ष मार्चमा पाकिस्तान सरकारले एंटी–टेररिज्म एक्ट (१९९७) अन्र्तगत हाफिजको  संगठन जमात–उद–दावा तथा फलाह–ए–इंसानियतमाथि पनि  प्रतिबंध लगाएको थियो । 

रोयटर्सले पनि जमात–उद–दावाका प्रवक्ताको हवाले दिंदै भनेको छ, सईदको काउंटर–टेररिज्मका अधिकृतले गिरफ्तार गरेका थिए । उनी कुन कसुरमा गिरफ्तार भएका हुन त्यसका बारेमा अहिले स्पष्ट भएको छैन् । प्राप्त जानकारीका अनुसार, सईदलाई टेरर फंडिंग मामिलामा हिरासतमा लिइएको हो । ३ जुलाईमा हाफिज समेत जमात–उद–दावाका १३ जना नेताका विरुद्ध एंटी–टेररिज्म एक्ट(१९९७) अन्तर्गत टेरर फंडिंग तथा  मनी–लन्ड्रिंग जस्ता करीब दुई  दर्जन मामिला समावेश गरिएको थियो । 

अंतरराष्ट्रीय दबाव पछि पाकिस्तानले  जमात–उद–दावा, लश्कर–ए–तैयबा तथा फलाह–ए–इंसानियतका विरुद्ध जाँच शुरु गरेको थियो । पंजाब पुलिसले मार्चमा बताएको थियो, सरकारले जमातको १७० मदरसा, ३२ स्कूल, दुई कलेज, चार हस्पिटल, १७८ एंबुलेंस तथा १५३ डिस्पेंसरी पनि बन्द गराएको थियो । पाकिस्तानी  अधिकारिका अनुसार, जमात–उद–दावा अंतर्गत ३०० मदरसा, स्कूल, अस्पताल, एक पब्लिशिंग हाउस तथा एंबुलेंस सर्विस पनि समावेश छ । 

रिपोर्टका अनुसार, सईदको संगठन जमात–उद–दावाको मुख्य चेहेराको रुपमा लश्कर–ए–तैयबालाई मानिन्छ । अमेरिकाले सईदलाई विश्व आतंकी घोषित गरेको छ । उसले सईदमाथि १० मिलियन अमेरिकी डलरको  ईनाम पनि राखेको छ ।