गरे के हुन्न !

गरे के हुन्न !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७६

काठमाडाै‌ं, एजेन्सी । अमेरिकाकी ३७ वर्षीय एमी ब्रूक्सको जन्म बिना हात, गोडा भएको थियो । यसकारण नै उनलाई उनका आमाबुबाले पनि छोडिदिएका थिए । त्यसबेला पिट्सबर्गको ब्रूक्स परिवारले उनको पालन पोषण गरेको थियो ।

तर, यही शारीरिक कमजोरीलाई उनले ठूलो भएपछि आफ्नो शक्तिको रुपमा बदलिन । अहिले एमी खाना पकाउने देखि लिएर सिलाई, फोटोग्राफी तथा  डिजाइनिंगको काम पनि गर्छिन् । त्यति मात्र होइन अहिले उनी मोटिवेशनल स्पीकर बनेर मानिसको हौसला बढाउने काम गर्छिन् । 

एमीले यूट्यूब चैनल ‘हाऊ डज शी डू इट’ पनि चलाउँछिन् । उनी आफ्नो मुख तथा काँधको मद्दतले फोटो पनि खिच्छिन् । भिडियो पनि बनाउँछिन् । तर कतिपयले यसम नकारात्मक प्रतिक्रिया पनि दिने गरेका छन् । तर म यस्ता नकारात्मक प्रतिक्रियामा ध्यान दिन्न यसमा ध्यान दिनु भनेको समय बर्बाद गर्नु मात्र हो । 

एमीले भनिन्, मेरो सबैभन्दा ठूलो सफलता भनेको सिलाई सिक्नु रह्यो । यसको मद्दतले मैले झोला बनाएर अनलाइन बेच्ने काम गरें । मेरो अभिभावकलाई कहिले पनि म कसैमाथि निर्भर रहन्छु भन्ने लागेन र मैले पनि त्यसलाई कायम राखें । उनीहरुले जहिले पनि म कोहीभन्दा कम छैन भन्ने उत्प्रेरणा दिइरहे त्यो सबैभन्दा ठूलो कुरा हो ।