भारतको आसाममा मात्र दश लाख मानिस विस्थापित,करिब ७५० गाउँ  बगरमा परिणत

भारतको आसाममा मात्र दश लाख मानिस विस्थापित,करिब ७५० गाउँ  बगरमा परिणत

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २, २०७६

सिन्ह्व/ ढाका । दक्षिणी एसियाका करिब साठी लाख मानिसलाई बाढीको जाेखिम रहेकाे एक अनुसन्धानले देखाएकाे छ ।

केही दिनदेखि  आएकाे मनसुनी वर्षा र यसका कारणले आएको बाढीले गर्दा लाखौँ व्यक्ति  घरबार बिहिन भएका छन भने र यसै कारणले करिब ६० लाख मानस लाई भारी वर्षाकाे कारण प्रभावित तुल्याएकाे छ ।

यस पटककाे मनसुनकाे समयमाा दक्षिण एसियाक सबै देशहरुमा भिषण बाढी  आाइरहेकाे  छ । भरतीय सञ्चार माध्यमले दिएकाे जनाकारी अनुसार भारतको एउटा राज्यमा मात्र दश लाख मानिस विस्थापित हुने अवस्था सृजना भएकाे छ ।  भारतीय राज्य आसाममा मात्र दश लाख मानिस विस्थापित भएका छन् भने  ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ  बगाएको  अबस्था छ ।

त्याहाँकाे रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि अपिल समेत गिरसकेकाे छ । अन्य राज्यमा  पनि बाढीको धेरे खतरा देखिएकाे छ । 
     
अबिरल बर्षा  बाढी र पैराेका कारण बंगलादेश र नेपालमा पनि बाढीका कारण धेरै  मानिसको ज्यान गइसकेकाे छ भने लाखौँ  नागिरक प्रत्यक्षा प्रभावित भएको अवस्था छ ।  

 

बडी प्रभािवत  देशहरुमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य  जुटेकाे बताइएको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग  समितिले  उपलब्ध गराउँदै आएकाे छ ।    

रेडक्रसले बाढी आउने नराेिकएकाे  र यसबाट अझै पनि कैयौँ मानिस विस्थापित हुने र क्षति हुनसक्ने अनुमान लगाएकाे छ ।     
     
अन्तर्राष्ट्रिय रेडक्रसको महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले दिएकाे जानकारि अनुसार ' बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ ।     बाढीका कारण मृत्यु हुने मानिसको संख्या पनि प्रतिदिन बढिरहेकाे छ ।'    
    

अन्तर्राष्ट्रिय रेडक्रसको महासंघका दक्षिण एसिया क्षेत्रीय  कार्यालयका  पूर्व अनुमान अनुनसर यही क्रममा बाढी  आाउने हाे भने दक्षिण एसियाका मात्र   ६० लाख मानिसलाई बढीकाे प्रकोपले क्षति पुयाउने छ ।

न्तर्राष्ट्रिय रेडक्रसले आपतकालीन व्यवस्थापनमा जुटिरहेको र  बाढीले निम्त्याएको संकटको समाधानका लागि   सक्रिय हुनुपर्ने अवस्था छ ।  मनसुन भर्खरै सुरु भएकोले बाढीले अझ ठूलो क्षति हुन सक्ने खतरा रहेको छ ।   नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले ठंलाे क्षति पर्‍याएको भने बाढी पैराे का कारण दर्जनौँ  मानिसकाे  ज्यान गएको छ ।     
     
उता बङ्गलादेशमा पनि बाढीकाे  ठूलो  चपेटमा परेकाे छ ।  जसका कारण यहाँका करिब १४ हजार मानिस विस्थापित भए भने बाढीले ११ हजार भन्दा बढी घरबार  बगाएको छ ।