भेनेजुयलामा सर्वसाधारणको ज्यान लिँदै ‘डेथ स्क्वाड’

भेनेजुयलामा सर्वसाधारणको ज्यान लिँदै ‘डेथ स्क्वाड’

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २, २०७६

भेनेजुयला । भोकमरी तथा आर्थिक संकटको सामना भोगिरहेको भेनेजुयलामा सरकारद्वारा गठित एक फोर्सले पाँच हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।

संयुक्त राष्ट्र संघको एक प्रतिवेदन अनुसार ‘डेथ स्क्वाड अफ स्पेसल फोर्स’ले यहाँका पाँच हजार दुई सय ८७ जनाको ज्यान लिएको हो । तर, सरकारले यिनीहरूलाई स्पेसल फोर्सले हिरासतमा लिएको भन्नेबारे इन्कार गरेको छ । प्रतिवेदनमा भनिएको छ- भेनेजुयलामा युवालाई अवैध तरिकाले हिरासतमा लिएर मारिन लागिएको छ । 

संयुक्त राष्ट्र संघले यसप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । संघले यसमा राष्ट्रपति निकोलस मादुरोलाई दोषी ठहर गरेको छ । संघले भनेको छ कि राष्ट्रपति मादुरोले ‘डेथ स्क्वाड’बाट आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई निसाना बनाइरहेका छन् । सरकारी तथ्यांक अनुसार सन् २०१९ मेसम्म १५६९ मानिसलाई विभिन्न आरोपमा गिरफ्तार गरी उनीहरूविरुद्ध मुद्दा चलाइएको छ । तर, संयुक्त राष्ट्र संघले सरकारले पेश गरेको तथ्यांकमध्ये अधिकांश मानिसको ज्यान ‘डेथ स्क्वाड’ले लिएको हो । 

प्रतिवेदनमा उल्लेख गरिएको तथ्य प्रमाणित गर्न २० परिवारका सदस्यसँग कुराकानी गरिएको बताइएको छ । ती परिवारका सदस्यका अनुसार स्पेसल फोर्सको ड्रेस र मास्क लगाएका मानिस घरमा घुसे । उनीहरूले घरमा राखिएका चिज तोडफोड गरे । महिला तथा बच्चाबच्चीसँग दुव्र्यवहार गरे तथा महŒवपूर्ण सामान चोरे । यी मास्कधारीले चढेका गाडीमा नम्बर प्लेट पनि नभएको उनीहरूले बताएका छन् । तिनीहरूले परिवारका सदस्यसँग युवालाई अलग गरे र गोली हाने । त्यसपछि प्रमाणसँग पनि छेडछाड गरे । 

यो खबर जागरण डट कमबाट साभार गरिएको हो ।