रुविको 'अछुत जून' र देवुको 'मनको पहिरो' सार्वजनिक

रुविको 'अछुत जून' र देवुको 'मनको पहिरो' सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २, २०७६

काठमाडौं । कवि रुवि सत्यालको कविताकृती 'अछुत जूनु र मुक्तककार देवेन्द्र केसी' देवुको मुक्तककृति 'मनको पहिरो'  लोकार्पण गरिएको छ।

लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले टिप्पणी गरेका थिए। पौड्यालले रुविका कवितामा विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा ह्रासोन्मुख परिदृश्यको उद्घाटन गरिएको बताए।

उनले देवुका मुक्तक समयको बिम्ब रहेको धारणा राखे। समकालीन जीवन भोगाइको चित्र देवुका मुक्तकमा आएको पौड्यालको भनाइ थियो।

कार्यक्रममा साहित्यकार घनेन्द्र ओझाले देवुका मुक्तक समकालीन नेपाली समाजको चित्रण गर्नमा सफल रहेको बताए। हामीले वर्तमानमा भोगेका थिती, बेथिती, आरोह अवरोह, दुस्ख सुख आदि देवुका मुक्तकका विषय बनेक ओझाको भनाइ थियो।

ओझाले रुविका कवितामा मानवीय संवेदना र राष्ट्रप्रेम प्रबल रहेको बताए।

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा तथा साहित्यकार भोजराज घिमिरेले दुवै स्रष्टालाई बधाई तथा शुभकामना दिएक थिए।
प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपती गङ्गाप्रसाद उप्रेतीले दुवै स्रष्टाका रचनाको स्वर सामाजिक, राजनीतिक रूपान्तरण रहेको धारणा राखे।

कार्यक्रम साहित्यकार डा। विष्णुराज आत्रेयको सभापतित्वमा सम्पन्न भएको थियो।

'मनको पहिरो' कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो भने'अछुत जूनु एडीबी पब्लिकेशनले।