एक टनको सुनको सिक्का

एक टनको सुनको सिक्का

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७६


काठमाडौं, एजेन्सी । न्युर्योक स्टक एक्सचेंजमा पर्थ मिंट फिजिकल गोल्ड ईटीएफको लंचिंग कार्यक्रममा संसारको सबैभन्दा धेरै तौल भएको सुनको सिक्का एक दिनको लागि प्रदर्शन गरिएको छ । एक टन तौल भएको उक्त सिक्का द पर्थ मिंट कम्पनीले बनाएको हो । 

८० सेंटीमीटर चौडाई तथा १२ सेंटीमीटर मोटाई भएको उक्त सिक्का ९९.९ प्रतिशत शुद्ध सुनले बनेको भनिएको छ । यो सिक्का पहिले नै गिनीज बुकमा दर्ता भैसकेको छ । 

पर्थ मिंटका सीइओ रिचर्ड हेसले भने, जो आफ्नो हैसियत देखाउनका लागि सुनमा रुचि राख्छन् उनीहरुले जान्नुपर्छ कि यति कम पैसामा पनि धेरै धन संग्रह गर्न सकिन्छ ।’