अमेरिका चाहन्छ भारत शत्रु देशसँग डिफेंस सिस्टम नकिनोस

अमेरिका चाहन्छ भारत शत्रु देशसँग डिफेंस सिस्टम नकिनोस

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी उप रक्षामंत्री  डेविड ट्रैचटेनबर्गले टर्कीका साथ एफ–३५ फाइटर जेटको खरिद सम्झौता रद्द गर्दै भने, अमेरिकी रक्षा विभाग पेंटागन भारतसँग आफ्नो रक्षा सम्बन्धको साझेदारीलाई अझै बलियो बनाउन चाहन्छ । खासगरी भारतले जस्तै अहिले टर्कीले पनि रूससँग एस–४०० मिसाइल डिफेंस सिस्टमको सम्झौता गरेको छ । जसका कारण अमेरिकाले रक्षा सम्झौतामा सावधानी अपनाउने  निर्णय गरेको छ।

भारत तथा रूसका बीच भएको एस–४०० सम्झौताका सन्र्दभमा सोधिएको प्रश्नमा डेविडले भने, ‘हाम्रो भारतसँग सुमधुर सम्बन्ध छ र आगामी दिनमा हामी यो सम्बन्धलाई अझ मजबुत बनाउन चाहन्छौं । तर, टर्कीसँगको रक्षा सम्झौता रद्द गरेर अमेरिका यो सन्देश दिन चाहन्छ कि आगामी दिनमा भारतले हाम्रो पाँचौ जेनेरेशनको विमानका लागि खतरा हुने कुनै किसिमको अन्य प्रविधि खरिद नगरोस ।’

डेविडका अनुसार, ‘टर्कीसँग एफ–३५ सम्भmौता करीब करीब रद्द हुने अवस्थामा छ किनकि उसलाई धेरै पटक रुससँग सुरक्षासँग सम्बन्धित सम्झौता नर्गन सल्लाह दिइएको थियो । तर, यो सम्झौता रद्द भएता पनि दुई देशबीचको सैन्य सम्बन्धमा भने खासै असर पर्दैन् । अमेरिका पहिले जस्तै नेटोको सैन्य अभ्यासमा सामेल हुनेछ । 

भारतले अघिल्लो वर्ष अक्टोबरमा रूसका साथ ४० हजार करोड़को एस–४०० मिसाइल डिफेंस सिस्टम खरीद गर्ने सम्झौता गरेका थियो । त्यसपश्चात अमेरिकाले धेरै पटक भारतलाई शत्रुराष्ट्रसँग सम्झौता गर्न प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको थियो ।  

खासमा अमेरिका काट्सा कानून अन्र्तगत आफ्नो शत्रुराष्ट्रसँग हतियार खरिद गर्ने देशमाथि प्रतिबंध लगाउन सक्छ । यो प्रावधान अन्र्तगत भारत पनि रुससँग हतियार खरिद गर्ने सन्र्दभमा प्रतिबंधमा आउन सक्छ । तर अहिले भारत तथा अमेरिकाबीच रक्षा व्यापार धेरै नै वृद्धि भएको छ ।  यसकारण पनि अमेरिका भारतमाथि यो प्रावधान लागु गर्न इच्छुक देखिंदैन् ।