‘चन्द्रयान-२’ को ‘लन्च’ आगामी सोमबार

‘चन्द्रयान-२’ को ‘लन्च’ आगामी सोमबार

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २, २०७६

बैग्लौर । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ‘चन्द्रयान-२’ को ‘लन्च’ हुने नयाँ मिति घोषणा गरेको छ । 

इसरोका अनुसार आगामी जुलाई २२ (आगामी सोमबार) दिउँसो २ः४३ (भारतीय समय अनुसार) ‘चन्द्रयान-२’ ‘लन्च’ हुनेछ । 

स्मरण रहोस्, गत जुलाई १५ मा प्राविधिक कारणले ‘चन्द्रयान-२’को ‘लन्च’ रोकिएको थियो । इसरोले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत् यसको घोषणा गरेको हो । 

‘चन्द्रयान-२’ अभियानले सन् २००८ सेप्टेम्बर १८ सहमति पाएको थियो । करिब ८ वर्षपछि सन् २०१६ मा यस अभियानको परीक्षण गरिएको थियो । इसरोले गत मेमा ‘चन्द्रयान-२’को ‘लन्च’बारे घोषणा गरेको थियो । यसका लागि जुलाई ९ देखि ६ सम्मको समय निर्धारण गरिएको थियो । यसमा एक आर्बिटर, एक लैन्डर (जसको नाम ‘विक्रम’ राखिएको छ) तथा एक रोवर (जसको नाम ‘प्रज्ञान’ राखिएको छ) हुनेछ । 

यो अभियानको मुख्य उद्देश्य चन्द्रमामा ‘सफ्ट ल्याण्ड’ गर्ने र त्यसको सतहको अध्ययन गर्ने हुनेछ । 

यो समाचार जागरण डट कमको सहयोगमा तयार पारिएको हो ।