अपोलो–११ को ५० वर्ष

अपोलो–११ को ५० वर्ष

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २, २०७६

काठमाडौं, एजेन्सी । २० जुलाई १९६९ मा चन्द्रमामा पहिलो पटक मानवले पाइला टेकेको दिन हो । नासाको अभियान अपोलो–११ मार्फत नील आर्मस्ट्रंंग, माइकल कालिन्स तथा एडविन एल्ड्रिन पहिलो पटक चन्द्रमामा पुगेका थिए ।

नासाले चन्द्रमामा मानवले पाइला टेकेको ५० औं वार्षिकोत्सवको अवसरमा  ४०० वटा फोटो सार्वजनिक गरेको छ । जसमध्ये केही आश्चर्य चकित तुल्याउने खालका छन् । यी फोटोहरु ‘द नासा आर्काइवः ६० इयर्स इन स्पेस’मा पनि राखिएको छ ।

एस्ट्रोनट्सले फोटो खिच्नका लागि त्यसबखत उच्च स्तरको हेजेलब्लाद क्यमराको प्रयोग गरेको थिए । यो क्यामरा स्वीडेनमा निर्माण हुने गर्छ । 

यी फोटोहरुमध्ये एउटा एल्ड्रिनले चन्द्रमामा पाइला राखेको फोटो छ जुन आर्मस्ट्रंगले खिचेका हुन् । चन्द्रमामा धेरैजसो क्यामरा  आर्मस्ट्रंगले नै चलाउँथे । यसकारण आर्मस्ट्रंगको फोटो नआइकन एल्ड्रिनको तस्वीर आएको हो । 

एल्ड्रिन चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति हुन् । एल्ड्रिनको यो  चन्द्रमाकाे पाइला भने अमिट रहनेछ किनकि चन्द्रमामा वायुमण्डल पनि छैन् र त्यहाँ पानी पनि पर्दैन् । 

यसैगरि अन्य तस्वीरमा मार्च १९७९ मा खिचेको अपोलो–९ को तस्वीर हो । यसमा अन्तरिक्ष यान पृथ्वीको परिक्रमा गरिरहेको तथा एस्ट्रोनट डेव स्कट झ्यालबाट बाहिर निस्केर हेरिरहेका छन् । 

‘द नासा आर्काइव : ६० इयर्स इन स्पेस’ का लेखक तथा संपादक पियर्स बिजोनीका अनुसार, शुरुमा फोटोग्राफी नासाको  प्राथमिकतामा परेको थिएन् । तर, पछि एस्ट्रोनट्सले यानमा हेजेलब्लाद क्यामरा लैजान शूरु गरे र जब फोटो राम्रो आयो तब नासाले यसको पनि उपयोग किन नगर्ने भन्ने सोच बनायो । अन्यथा नासाले फोटोको लागि कहिले पनि योजना बनाएको थिएन् । 

त्यसमध्येको एउटा फोटो जैमिनी–४ स्पेसक्राफ्टको हो । यो अंतरिक्षको पहिलो स्पेसवाक मिशन थियो । यसमा इसमा एस्ट्रोनट्स एड व्हाइटको मिशन कमांडर जिम मैकडिविटले फोटो खिचेका थिए । यो फोटोमा व्हाइटको आधा मुहारमा प्रकाश परेको र आधामा छायाँ परेको देखिन्छ । 

अर्को एक उत्कृष्ट फोटो ह्यूस्टनको मैन्ड स्पेसक्राफ्ट सेंटरको हो । जसमा अपोलो–११ को  मोड्यूल कमांडर माइकल कालिंस नासाको  लूनर रिसीभिंग लेबोरोटरीको निरीक्षण गरिरहेका छन् । 

अपोलो–१७ का क्रू ले अंतरिक्ष यात्राको दौरान पृथ्वीको फोटो लिएका थिए । यो फोटोलाई ब्लू मार्बल पनि भनिन्छ ।

१९७२मा अपोलो–१७ चंद्रमामा गएको थियो । १९९७ मा शनिमा पठाइएको कैसिनी यानले बृहस्पतिको चंद्रमा आयोको तस्वीर खिचेको थियो ।