सन् २०१८ मा ८२ कराेड मानिस भाेकै

सन् २०१८ मा ८२ कराेड मानिस भाेकै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७६

काठमाडौं, एजेन्सी । युनाइटेड नेसन्स फुड एंड एग्रीकल्चर अर्गनाइजेशन (युएनएफएओ)ले १५ जुलाइमा जारी गरेका एउटा रिर्पोटमा विश्वमा पछिल्लो तीन वर्ष लगातार भोकमरी तथा कुपोषणको समस्या बढेको छ । रिर्पोटका अनुसार, २०१८ मा ८२.१० करोड मानिस हरेक रात भोकै सुत्न वाध्य भए । २०१७ मा यो संख्या ८१.१० करोड थियो । हाल संसारका १४.९ करोड बालबालिका भोकमरीबाट ग्रस्त छन् । 

रिपोर्टका अनुसार, जलवायु परिवर्तन तथा युद्धका कारण विश्वमा कुपोषण तथा भोकमरीको समस्या बढेको हो । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म यो समस्याबाट छुटकारा पाउने लक्ष्य लिएको छ ताकि मानिसको शारीरिक तथा मानसिक विकास राम्रोसँग होस । 

विश्व खाद्य कार्यक्रमका प्रमुख डेविड बैसलीका अनुसार, हामी २०३० सम्म भोकमरी रहित विश्वको लक्ष्य हासिल गर्न सक्दैनौं , यो मुश्किल छ । 

डेविडका अनुसार, सञ्चार माध्यम भोकका मृत्यु वेहोरेका बच्चाको भन्दा ब्रेक्जिट तथा डोनाल्ड ट्रम्पका बारेम धेरै चर्चा गर्छन् । यो गलत भइरहेको छ । विना खाद्य सुरक्षा हामी संसारमा शांति तथा  स्थायित्व कायम गर्न सक्दैनौं । हाल कुपोषणका कारण खाद्य सुरक्षाको स्थिति एकदमै नराम्रो छ । सुदृढ अर्थव्यवस्था तथा  सामाजिक योजना विना यसलाई समाप्त गर्न सकिंदैन् । 

अफ्रीकी देशमा कुल जनसंख्याको लगभग २० प्रतिशत मानिस कुपोषणबाट ग्रस्त छन् भने एशियामा १२ प्रतिशत । ल्याटिन अमेरिका तथा क्यारेबियन देशको कुरा गर्ने हो भने यहां कुल जनसंख्याको ७ प्रतिशत मानिस यो समस्यासँग जुधिरहेका छन् ।

उत्तर अमेरिका तथा यूरोपमा ८ प्रतिशत मानिस कुपोषण ग्रस्त छन् । एफएओका अधिकारीका अनुसार, यो समस्या समाप्त गर्नका लागि सबै देशले एकजुट भएर शक्तिशाली नीति बनाउनु जरुरी छ ।