४२ लाख वर्ष पुरानो जीवाश्म

४२ लाख वर्ष पुरानो जीवाश्म

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७६

काठमाडौं, एजेन्सी । केन्याका शोधकर्ताले ४२ लाख वर्ष पुरानो सानो बाँदरको जीवाश्म फेला पारेका छन् । यो प्रजातिको नाम नैनोपीथेकस ब्राउनी हो । 

यो बाँदरको यस्तो प्रजाति हो जसको वजन केवल १ किलो मात्र हुने दावी पनि छ । अनुसन्धानमा फेला परेको यो नयाँ प्रजातिको बाँदर विश्वको सबैभन्दा सानो तथा पुरानो ‘टेलापोइन’ जस्तो रहेको छ । कुनै समय केन्याको सुक्खा घाँसे मैदान यसको वासस्थान हुने गर्थ्याे । 

यो जीवाश्मको खोजी केन्या नेशनल म्यूजियम, ड्यूक तथा मिसोरी युनिभर्सिटीले मिलेर गरेका हुन् । केन्या नेशनल म्यूजियमका फेड्रिक कयालोका अनुसार, ४२ लाख वर्ष पुरानो बाँदरको यो जीवाश्मले  बताउँछ कि पर्यावरणमा कति परिवर्तन भैसकेको छ । यसको असर टैलापोइन तथा  नैनोपीथेकस ब्राउनी दुबै जातिमा परेको थियो । 

जीवाश्मलाई केन्याको म्युजियममा राखिएको छ ।जहाँ बाँदरकाे जीवाश्म पाइएकाे थियाे

(बाँदरकाे जीवाश्म पाइएकाे ठाउँ)

नैनोपीथेकस ब्राउनी  केन्या को  पूर्वी क्षेत्र कानापोईमा पाइन्थ्यो । जुन जंगली क्षेत्रका रुपमा परिचित छ । कानापोईमा नै नैनोपीथेकसका साथ मानिसको शुरुआती पूर्वज अस्ट्रेलोपिथीकस अनामेन्सिस पनि रहने गर्थे । 

ह्यूमन इवोल्यूशन जर्नलमा प्रकाशित शोधका अनुसार, यसको  नामकरण वैज्ञानिक फ्रेंसिस बाउनको नाममा राखिएको हो । जसले ऊटा यूनिभर्सिटीमा कानापोई क्षेत्रको बारेमा लामो समय अनुसन्धान गरेका थिए ।