अहिले पनि अवस्था उस्तै

अहिले पनि अवस्था उस्तै

राजन न्यौपाने  |  दृष्टिकोण  |  माघ १५, २०७५

 हामी नेपाली जनताले कयौ बाधा अडचनको साथ यो मुलुकमा धेरै उपलब्धीहरु हासिल गर्दै यो अवस्था सम्म आईपुगेका छौ । हामी प्रजातन्त्र, बहुदल, लोकतन्त्र, गणतन्त्र हुदै अहिले प्रान्तीय राज्य सरकार सम्म आईपुगेका छौ  । पुरानो राजनीतिक कालखण्ड पार गरेर नयाँ अवस्था सम्म आईपुग्दा समेत जनताको मनोभावनालाई सरकारले लत्याईरहेको अवस्था छ । जनता भन्दा पनि आफुमा केन्द्रीत भएर अघि बढिरहेको छ नेपाल सरकार । हामी निर्धक सगँ भन्न सक्छौ यो नेपालको  बिडम्बना नै हो । हाम्रो राष्ट्रलाई समृद्ध र विकसित बनाउनको लागि राज्यद्धारा खरबौँ सम्पति खर्च गरिसकियो तर हाल सम्म पनि उपलब्धी भने हात लाग्यो शुन्य नै रहेको छ । मुलुकले चाडै संविधान प्राप्त गरि अन्योलता बाट गुज्रिरहन नपरोश भनेर एक पटक होईन दुई—दुई पटक संविधानसभाको चुनाव गरि संविधान  निर्माण गरि नयाँ सरकार, नयाँ राष्ट्रध्यक्ष र नयाँ सभामुख पाएको मुलुकले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकेको छैन । जसले गर्दा देश सकसपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । 

राष्ट्रलाई सिङ्गो रुपमा सञ्चालन गर्दा सरकार जनता भन्दा धेरै टाढा भएको आभास भयो ठानेर हाम्रा मुलक हाक्ने नेताहरुले संघीय सरकार बनाउनको लागि स्थानीयतहको निर्वाचन सहित प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन गराएर स्थायी सरकारको गठन त गरे, तर एक बर्ष पुगिसक्दा पनि नीति निर्माण तहमा नै अल्झिबसिरहेको छ । जसको कारण जनता यो सरकारको कार्यविधिबाट निराश बनेका छन । सुख तथा समृद्धीको नारा बोलीमा नै सीमित भएका छन । आर्थिक विकासको ढोका खुलेको महसुस नै हुनसकिरहेको छैन । हाम्रा प्रधानमन्त्री मीठा मीठा भाषण दिनमा नै व्यस्त तथा मस्त छन । देशलाई कायापलट गर्ने खालको योजना तथा रणनीति हामी सामु फिजाएका छन । सपना देख्नु पर्छ हरेक नेपालीले भन्न समेत भ्याएका छन । ग्यासको कुरो, बिजुली उत्पादनको कुरो, पानी जहाज तथा रेलको कुरो

चानचुने होईनन तर असम्भव भने केहि छैन । त्यसको लागि आफुमा र राष्ट्रप्रति प्रतिवद्धता हुनु पर्‍यो ।  अहिलेकोसरकार यति बलियो छ उसले चाहेमा जे पनि गर्न सक्छ तर त्यसो हुन सकेको छैन । काम भन्दा कुरोमा नै जोड दिने काम भइरहेको छ । केहि पाटाहरुलाई छोडेर हेर्ने हो भने स्थानीय तह देखि केन्दीय तह सम्ममा नै लथालिङको अवस्था छ । निर्मला पन्तको हत्या देखि ३३ किलो सुन काण्ड र वाईडबडी खरिद प्रकरण सम्म सरकार चुकेको छ । नयाँ सरकार निर्माणपछि पनि देशले आर्थिक विकासको मार्ग पहिल्याउन सकेको छैन । नयाँ सरकारको दायित्व भनेको पूर्वमा भएका कार्यहरुलाई संस्थागत गर्दै त्यसको माध्यमबाट आर्थिक समृद्धिको बाटो पहिल्याउनु हो । उत्पादनमुलक क्षेत्रलाई मुख्य केन्दबिन्दु बनाई पुर्ण रुपमा बजेट कार्यन्वयन गर्नु  अत्यावश्यक  रहेको छ । योग्य भनेर चुनेर पठाएकाहरुले आफ्नो कार्यभार सञ्चालनको प्रक्रिया फेरि पनि उहि पुरानो कथा जस्तै बनाएका छन । नयाँ नयाँ कथा त आए तर प्रवृती र पात्र भने उहि पुरानो नै । सबैजना सरकार कै पछि कुदिरहेका छन । के यस्तो परिस्थिती बाट गुज्रिरहेका बेलामा राष्ट्रले निकास पाउछ त ? भन्ने कुरामा प्रश्न चिन्ह उठ्नु स्वभाबिक नै भएको छ । कुकुरको पुच्छर बाह्र बर्ष ढुङग्रामा राख्यो जस्ताको त्यस्तै भनेको जस्तै भएको छ अहिले पनि । राष्ट्र र जनता तर्फ कसैको पनि घैटौमा घाम आज सम्म पनि लाग्न सकेको छैन । “जति जोगि आए पनि कानै चिरेका” भनेको जस्तै भएको छ अहिलेको अवस्था पनि । यो उखान बुढापाकाहरुले त्यतीकै भनेका र सुनाएका होईनन् भन्ने कुरा अहिलेको राजनैतिक घटना क्रमले प्रस्ट रुपमा दर्शाइरेहको छ । अहिलेको यस्तो  परिस्थितीले गर्दा देश झनझन उज्यालोको सट्टा अँध्यारो तर्फ लम्किदैछ जसको परिमाण स्वरुप हाल देशका हजारौ कर्णधार युवाहरु अझै पनि विदेशिन बाध्य भइरेहका छन  । बेरोजगारी समस्याबाट ग्रसित हुदै आईरहेको हाम्रो देशमा ४० प्रतिशत युवा अझै पनि बेरोजगारीवाट पीडित छन । उच्च शिक्षा हासिल गरी दक्ष जनशक्ति भई आफ्नै देशमा सेवा गर्ने अभिप्राय लिएर जन्मिएका युवा वर्ग आज निराश बनेका छन र बाध्य भएर कुल्लि, लेबर जस्ता तहमा काम गर्न चर्को दरमा ऋण काढी खाडी राष्ट्रहरुमा विदेशिनु गइरेहका छन् । वर्तमान समयमा पहिलेको तुलना भन्दा बढि मात्रामा बेरोजगारी बढिरहेको छ । सरकारले युवा लक्षित कार्यक्रमहरु ल्याउन नसक्नुले पनि यो बेरोजगारी समस्या दिनमा दुई गुणा र रातमा चौगुणा गरि बढिरहेको छ । युवाहरुलाई आफ्नै देशमा काम गर्ने पुर्ण वातावरण सरकार पूर्णतया असफल भएको छ । 

ग्यासको कुरो, बिजुली उत्पादनको कुरो, पानी जहाज तथा रेलको कुरो चानचुने होईनन तर असम्भव भने केहि छैन । त्यसको लागि आफुमा र राष्ट्रप्रति प्रतिवद्धता हुनु पर्‍यो ।


अहिलेसम्मको राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने देशमा हुने गरेका सामाजिक र राजनीतिक परिवर्तनमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको छ । युवाको साझेदारीले नै हालसम्म भएका परिवर्तनहरुमा ठोस मद्दत पुगेको छ । युवाले आन्दोलन तथा विकास क्रममा धेरै सफलता हासिल गरेको अनुभवहरु भए पनि राज्य एवं राजनैतिक दल  युवालक्षित कार्ययोजना बुन्न सकिरहेका छैनन् । नेपाली युवाहरुको अवस्थामा विगत भन्दा केही परिवर्तन आएको छैन भन्नु दुर्भाग्यपूर्ण भए ता पनि वर्तमान यसै कहाली लाग्दो सत्यतथ्यको वरिपरि गतिहीन अवस्थामा जकडिएको छ ।