जिप दुर्घटनामा २ को मृत्यु, ११ घाइते

जिप दुर्घटनामा २ को मृत्यु, ११ घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७६

बाजुरा । जगन्नाथ गाउँपालिका-५, भुवाखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकसहित २ को मृत्यु भएको छ । 

जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी कालिकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा जिप चालक रमेश बोगटी र मुगु घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ भने अन्य घाइते हुनेमा जगन्नाथ गाउँपालिका-५, गोत्रीका टक्क लुहार, सोही गाउँका अम्मकला लुहार, महेश्वरी लुहार, जनु लुहार तथा हिमाली गाउँपालिका लालवीर चदारा घाइते भएका छन् । तीमध्ये टक्क लुहार र अम्मकला लुहारको अवस्था गम्भीर रहेको छ । 

घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन । लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १३ जना सवार रहेको प्रहरीले बताएको खबर राससमा छ ।