ट्रम्पलाई नादियाको कामका बारे जानकारी नभएपछि

ट्रम्पलाई नादियाको कामका बारे जानकारी नभएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नोबेल पुरस्कार विजेता नादिया मुरादका बीच जुलाई १७ बुधवारका दिन भेटघाट भएको छ । भेटमा मुरादले यजीदी महिलामाथि भएको हिंसा तथा उत्पीडन रोक्नका लागि मद्दत गर्न अनुरोध गरेकी छन् । मुराद एक प्रतिनिधिमंडलका साथ ट्रम्पलाई भेट्न व्हाइट हाउस पुगेकी थिइन् । 

तर, ट्रम्पले नादियाले कुन कामका लागि नोबेल पुरस्कार पाएको आफूलाई थाहा नभएको बताएपछि नादियाले उनका कामका बारेमा सम्पूर्ण कहानी बताउनु परेको थियो । 

नादिया ती हजारौं महिला मध्येकी एक हुन जसलाई २०१४ मा इराकको  स्वात घाटीबाट इस्लामिक स्टेट(आइएस)का आतंकवादिले अपहरण गरेका थिए । 

नादियाले ट्रम्पलाई बताइन कि उनको आमा तथा छ भाइलाई आतंकवादिले हत्या गरेका थिए । उनले भनीन्, अझै पनि तीन हजार यजीदी वेपत्ता छन् । 

नादियाले भनिन्, जे जति घटना मेरासाथ घटे त्यसले मैले कहिले हार मानेको छैन् । मैले जहिले पनि भन्दै आएको आइएसका आतंकवादीले हजारौं यजीदी महिलाका साथ बलात्कार गरेका छन् त्यसकारण पनि तिनीहरुका लागि केही गर्नुपर्यो । यो केवल एक परिवारको कुरा होइन् यो त मानवताको कुरा हो ।

उनले ट्रम्पसँग इराक तथा कुर्दिश सरकारलाई सुरक्षित वातावरण निर्माण गरेर यजीदीहरुलाई घर फकर्ने वातावरण निर्माणका लागि अपिल गर्न पनि अनुरोध गरिन् । 

म्यान्मारको रोहिंग्याका जनप्रतिनिधिले पनि ट्रम्पसँग भेट गरे तर ट्रम्पलाई भने रोहिंग्याका बारेमा पनि कुनै जानकारी रहेनछ । त्यसको एक दिन पहिले ट्रम्प प्रशासनले  म्यान्मारका सेना प्रमुख तथा तीन अन्य अधिकारिलाई अमेरिका भ्रमणमा प्रतिबंध लगाएको थियो ।