मानव मस्तिष्क नियन्त्रण गर्ने चिप

मानव मस्तिष्क नियन्त्रण गर्ने चिप

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७६

काठमाडौं, एजेन्सी । टेस्लाका सिइओ तथा स्पेस–एक्सका संस्थापक एलन मस्कको स्टार्टअप न्यूरोलिंकले मानव मस्तिष्क पढ्न सक्ने तथा बिरामी भएको बेलासमेत नियन्त्रण गर्न सक्ने चिप बनाएको छ । 

मस्कले १७ जुलाईमा यससँग सम्बन्धित प्रविधि साथै एक लचकदार चिप पनि प्रदर्शन गरेका थिए । यसलाई मानव मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । 

एलनका अनुसार, यो चिपको प्रयोग स्मरणशक्ति बढाउन, ब्रेन स्ट्रोक तथा अन्य न्युरोलजिकल रोगबाट ग्रस्त बिरामीमा प्रयोग गरिनेछ । यसका अलावा प्यारालाइसिस भएका बिरामीका लागि पनि यो उपयोगी साबित हुनेछ । यसले बिरामीको मस्तिष्क अध्ययन गर्छ र तथ्यांक एकत्रित गर्ने काम गर्छ । मुसा तथा बाँदरमा यसको प्रयोग सफल भएको बताइएको छ । 

यो चिप एकदमै पातलो छ । यसमा १००० तार रहेका छन् । यो तारको चौड़ाई मानवको कपालको दशौ हिस्सा बराबर पातलो छ । यसको निर्माण गर्न दुई वर्षभन्दा बढी समय लागेको कम्पनीले बताएको छ । 

यो चिपलाई रोबोटद्वारा मानव मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । सर्जनले रोबोटको मद्दतले मानिसको मस्तिष्कमा २ मिलीमीटर प्वाल पार्छन र त्यही प्वालबाट चिपलाई छिराएर मस्तिष्कमा राख्ने गरिन्छ । 

इलेक्ट्रोड्स न्यूरल स्पाइक्सले यो चिपको अनुगमन गर्नेछ । यो इलेक्ट्रोड्सले केवल मानव मस्तिष्कको मात्र अध्ययन गर्ने नभई उसको व्यवहारमा हुने परिवर्तनका बारेमा पनि जानकारी राख्दछ । 

सबै मापदण्ड पुरा भएपछि २०२० को शुरुवातमा यसलाई मानव मस्तिष्कमा परिक्षणका लागि अनुमति लिने कम्पनीको योजना रहेको छ । 

न्यूरालिंक टेक्नोलजीले मानव मस्तिष्कमा चिप तथा तारका माध्यमबाट काम गर्छ । यो चिप रिमुभेबल पॉडमा जोडिनेछ जसलाई कानको पछाडी राखिनेछ । तथा वायरलेसले अर्को यन्त्रसँग सम्पर्क गराइनेछ । यसको मद्दतले मस्तिष्क भित्रका जानकारी सीधै स्मार्टफोन तथा कम्प्यूटरमा प्राप्त हुनेछ । 

अमेरिकी सञ्चार माध्यमका अनुसार, एलन मस्कले न्यूरोलिंक स्टार्टअपमा १०० मिलियन डलर लगानी गरेका छन् ।