केन्यामा पक्राउ परेका १२ युवतीको उद्धारपछि आफन्तको जिम्मा

केन्यामा पक्राउ परेका १२ युवतीको उद्धारपछि आफन्तको जिम्मा

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ३, २०७६

काठमाडौं । केन्यको डान्सबारमा बेचिएका १२ युवतीको उद्धार गरी आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीले जनाएकाे छ ।  अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई नेपाल प्रहरी र विभिन्न गैर सरकारी संस्थाको पहलमा उद्धारपछि नेपाल ल्याई आफन्तको जिम्मा लगाइएको हो  ।

ती युवतीहरु केन्यामा पक्राउ परेको भन्ने बिभिन्न पत्रपत्रिका र सामाजिक सन्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवसिय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको  जानकारि  दिइएकाे छ ।

भारत हुँदै केन्या पुगेको खुल्न आएको र केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिक लगायत युवतीहरुलाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल ल्याइएको थियो । सो व्यूरोका प्रमुख एसएसपी इश्वरबाबु कार्कीका अनुसार  अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई जिम्मा लगाइएको हो ।