तरकारी खरीदकाे बिल नदेखाउने र बिचाैलीया 19 जनालाई  ठाउँको ठाउँ जरिवाना !

तरकारी खरीदकाे बिल नदेखाउने र बिचाैलीया 19 जनालाई  ठाउँको ठाउँ जरिवाना !

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ४, २०७६

काठमाडौँ । नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तरकारीमा गरिएको  बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै अस्वभाविक रुपमा मूल्यवृद्धि  गर्ने र विचौलियाको भूमिका खेल्ने  कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही  गरेको जानकारी दिएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले २०७६साउन ३ गते शुक्रबारका दिन काठमाडौ स्थित कालीमाटी र बल्खुस्थित तरकारी  बजारको अनुगमनका क्रममा  खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि  नगद जरिवाना गरेर कारवाही गरेको थियो  । 

किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिलविजल देखाउन तयार नहुने बल्खुका १० र कालीमाटीका छ व्यापारीलाई जनही पाँच÷पाँच हजार जरिवाना तोकिएको  गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो ।

 एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ  २० हजार जरिवाना समेत गरेको  जनाएको छ । 
यसरी खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही  १० हजार जरिवाना गरिएको विभागको दावी रहेको छ ।  

 विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा निरन्ततर उपभोक्ताको ठगिरेहका  व्यापारी आफ्नो स्टलनै छाडेर भागेका थिए । 

तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ विभागको टोली  स्थानमा पुगेका भए पनि व्यापारीहरु राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । 'विभागको टोली समग्र बजारको अनुगमन गर्ने उद्देश्यले गएको थियो, ढुवानीकर्ता तथा बिचौलियाले नाफा खाएर व्यापारीलाई दिने गरेका पाइएकाे छ', गौचनकाे भनाइ थियाे , 'अनुगमन टोली ४ बजे बजारमा पुग्दा ढुवानीकर्ता र बिचौलिया राति १/२ बजे नै फर्कने  गरेकाे पाइएकाे छ ।  अर्को चरणको अुनगमनका क्रममा अझ उन्नत ढङ्गबाट जानेछौँ ।' 

केही ढुवानीकर्ताले नै बिचौलियाको भूमिका खेलेको विषयमा अनुसन्धान भइरहेको जानाकारी दिइएको छ ।  कृषि उपज सङ्कलन केन्द्रबाट ल्याउने ढुवानीकर्ताले नै अस्वभाविक मूल्य राखेर व्यापारीलाई दिने  समेत पाइएको थियो ।  विभागले चुस्त दुरुस्त व्यवस्थापन गर्न नसकेको र बिचौलियालाई नियन्त्रणमा लिन नसकेको भन्दै कालिमाटी र बल्खुस्थित तरकारी बजारका व्यवस्थापन पक्षलाई पनि छलफलका लागि  विभागमा आउनका लागि  निर्देशन समेत दिएको छ । 

अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रुपमा बिलविजक जारी गर्न सम्पूर्ण व्यापारीलाई निर्देशन समेत  दिएको छ । 

अनुगमनका क्रममा तरकारी बजार सुधार गर्न सरकारले विगतमा दिएको निर्देशन र चालेका कदम प्रभावकारी नदेखिएको  विभागको निश्कर्ष रहेको छ । केही समयदेखि काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनगुनासो आएसँगै विभागले कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन थालेको थियो । 

विभागका निरीक्षण अधिकृतको नेतृत्वमा दुई वटा टोली कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमनका गएको  विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको थियो । 

 अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी  समेत सहभागी रहेको विभागले जानकारी दिएको छ भने २०७६ असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या भए पछि बिचौलीयाले अत्यधिक रुपमा मूल्य बृद्धि गर्दै आउका छन ।  

 विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा  फर्किसक्दा पनि मूल्यमा अस्वभाविक रुपमा मूल्य बृद्धि गर्ने क्रम भने रोकिएको थिएन  । विगतमा पनि  बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गर्दे आएका छन् ।