गरे के हुन्न ?

गरे के हुन्न ?

निर्जला कक्षपति  |  शिक्षा  |  माघ १५, २०७५



केही समय पहिला शिक्षा पत्रकार समूहको नेतृत्वमा काभ्रेका केही सामुदायिक विद्यालय गएर त्यहाँको वस्तुस्थिती बारे केही जान्ने र बुझने मौका मिल्यो । सामुदायिक विद्यालयमा पढाई राम्रो हुदैन जस्का कारण विद्यार्थीको संख्या नगण्य हुन्छ भन्ने भ्रम त्यहाँको कुशादेवी मावि र विहावर आधारभूत विद्यालयको अवलोकन गरेपछि तोडिएको छ । सफा कक्षा कोठा, कोठाका भित्ता भरि टासिएका पठन सामग्री, एक कक्षा कोठामा बढीमा ३० जना विद्यार्थी, महिला शिक्षकहरुले पनि निकै जोश जाँगरका साथ पढाइरहेको देख्दा नयाँ आशा पलाएको छ  । विद्यार्थीहरुमा पनि केही सिकौं भन्ने तीब्र जोश जाँगर देखियो । भर्खरका तन्नेरी शिक्षक देख्दा यस्ता उर्जावान शिक्षकले नै केही गर्छन् जस्तो अनूभूति भयो । 
काभ्रेमा रहेका यी सामुदायिक विद्यालय के गरेर यस्ता राम्रा भए ? विद्यार्थीको संख्या नै नभएर झिंगा मारेर बस्नु पर्ने बाध्यता भएका धेरै सामुदायिक विद्यालयको अगाडि कुशादेवी मावि कसरी यस्तो नमूना बन्न सक्यो हामी धेरै पत्रकारको जिज्ञासा यही थियो । यहाँको सामुदायिक विद्यालय सुर्धान यहाँकै स्थानिय यूवा लागि परेका रहेछन् । यही अभियानमा संलग्न ग्रामीण सामुदायिक संगठन नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाको जोश जाँगर र समाज सुधार्ने उनको प्रण देख्दा जो कोहीलाई पनि निरास भएर बस्न मन लाग्दैन र विदेश जाने सोंच छ भने पनि त्यो स्वतः हटेर जान्छ । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेका कुशादेवीका यी यूवा, आफ्ना सबै साथीभाई विदेश गएको देखेर उनले पनि क्यानडा जाने तयारी गरिरहेका थिए  । भिसा लाग्ने निश्चित जस्तै थियो ! तर अन्त्यमा आएर उनको मन बदलियो र स्वदेशमै, त्यो पनि आफनो जन्मोथलोको लागि केही गर्छु भन्ने हुटहुटी उनमा बढेर गयो । काडमाण्डौंको भीडमा बसेर अध्ययन गरिरहेका यी यूवा जन्मथलोमा केही गर्छु भनेर आफनो झिटीघुम्टी बोकी सोझै हानिए आफनो जन्म थलो काभ्रे कुशादेवीमा ।

आखिर आँट न हो उर्जाले भरिपूर यी युवाले पनि चाहेको भए यिनी पनि विदेसिन सक्थे । तर आफू जन्मेको गाउँमा केही गर्छु भन्ने अठोटले अहिले उनी गाउँकै प्यारा कृष्ण सरह बनेका छन् । त्यहाँको स्थानीय शिक्षकहरुले के गरेर विद्यालयमा विद्यार्थीको संख्या बढाउन सकिन्छ भनेर उनीसँग सल्लाह गर्न पनि आउँछन्  ।


 कसरी कामको शुरुवात गर्ने भनेर भेउ नपाइसकेका यिनले काठमाण्डौंमा रहेर पढ्दाखेरी एक दुइवटा एनजिओमा काम गरेको अनुभव संगालेका थिए । यही अनुभवले कुशादेवीमा २०७२ सालमा एउटा एनजिओ दर्ता गराए । यही एनजिओबाट उनको कामको  शुरुवात भयो । निर्देशक थापा भन्छन्, “३ वर्षको अवधिमा हाम्रो काम बाट १५ वटा विद्यालयका करिव ५ हजार बालबालिका लाभान्वित भएका छन् । यस क्रममा हामीले विद्यालयमा कक्षा कोठा र पुस्तकालयको व्यवस्थापन,शिक्षक तालीम, यूवा विद्यार्थीहरुको सशक्तीकरण, बालबालिकाहरुको श्रृजनशीलता अभिवृद्धि, विद्यालय विद्यालय बीच सुसम्वन्ध निर्माण, र अभिभावकहरुमा शिक्षाको महत्वका विषयमा सचेतना कार्यक्रम संचालन गरिरहेका छौं र यस कार्यक्रमबाट यहाँका स्थानीय, अभिभावक एंव शिक्षक सबै लाभान्वित भएका छन् । ”  


आखिर आँट न हो उर्जाले भरिपूर यी युवाले पनि चाहेको भए यिनी पनि विदेसिन सक्थे । तर आफू जन्मेको गाउँमा केही गर्छु भन्ने अठोटले अहिले उनी गाउँकै प्यारा कृष्ण सरह बनेका छन् । त्यहाँको स्थानीय शिक्षकहरुले के गरेर विद्यालयमा विद्यार्थीको संख्या बढाउन सकिन्छ भनेर उनीसँग सल्लाह गर्न पनि आउँछन्  । 
ग्रामीण सामुदायिक संगठन नेपालले संचालन गरेको के हो त यो नमूना विद्यालय कार्यक्रम ? सामुदायिक विद्यालयहरु प्रति आम अभिभावकहरुको आर्कषण बढाउन गरिएको एक श्रजनशील कार्यक्रम हो, नमूना विद्यालय कार्यक्रम । आफनै समूदायमा केही गरौं भन्ने भावना भएका यूवाहरुरुको सक्रियतामा ‘आरसीएफ नेपाल’ थालनी भएको हो । हाल यो संस्थाले कुशादेवी माविमा १० जना र विहावर आधारभूत विद्यालयमा २ जना शिक्षकहरुको व्यवस्थापन गरेको छ । यी शिक्षकहरु मध्ये कतिपयले त निजी स्कुलमा पढाउन छाडेर सामुदायिक विद्यालयमा आएका हुन । नमूना विद्यालय कार्यक्रमका संयोजक शिक्षक रमेश सापकोटा भन्छन्, अंग्रेजी माध्यमबाट नै पढाइने हुँदा बालबालिकाको आर्कषण लोभलाग्दो  छ । शिक्षकहरु प्नि तालिम लिएर आएका हुनाले निकै राम्रो पढाउने गर्छन् जस्ले गर्दा यस सामुदायिक विद्यालयमा यस भेगका धेरै विद्यार्थीहरु पढ्न आउँछन् । यस कुशादेवी माविमा कक्षा १ देखि १२ सम्म करिव ८ सय विद्याथीले पढछन् । 
सामुदयिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन अरु पनि महत्वपूर्ण कार्यक्रमहरु गरिएका छन् । कचहरी नाटक मार्फत् बालबालिकाहरुले दैनिक रुपमा घरमा, समुदायमा र कक्षाकोठामा भोग्नु परेका समस्याहरुलाई सम्वन्धित सरोकारवालाहरुका वीच बहस गराइन्छ । त्यस्तै श्रृजनशील शिक्षण सिकाईमा सचेतना अभिवृद्धि गर्ने उद्येश्यले भारतीय बाल साहित्यकार गिजुभाइ लिखित दिवास्वप्न नाटक विभिन्न विद्यालयहरुमा मन्चन गर्ने गरिएको छ । यसबाट पनि विद्यार्थीहरुले रमाई रमाई नयाँ कुरा सिक्ने अवसर प्राप्त गरिरहेका छन् । बालबालिकाहरुलाई आधुनिक सूचना प्रविधि मार्फत् पनि सिकाइने गरिएको छ । सानो कक्षा देखि नै कम्प्यूटर शिक्षाको ज्ञान पाउनु यस्को सबभन्दा राम्रो पक्ष हो । विद्यार्थीलाई कुनै करकाप गरेर पढाएको देखिदैन । उनीहरु स्वस्र्फूत रुपमा पढीरहेका छन् । बच्चालाई गीत गाएर हुन्छ कि कथा भनेर हुन्छ कि शिक्षकले अथ्र्याउने प्रयास गरेको पनि देखिन्छ । 
सामुदायिक विद्यालय आफैंमा नराम्रो र पढाई राम्रो नहुने विद्यालय हुँदै होइन । ४ दशक अघिसम्म सामुदायिक विद्यालयको महिमा अकैं थियो । सामुदायिक विद्यालयमै पढेका व्यक्तिहरु देशको उच्च ओहदामा आसीन हुन पुगेका थुप्रै उदाहरण हामीसँग छन् । राजनीतिक परिवर्तसँगै विद्यालयहरु राजनीतिक भर्तीकेन्द्र बन्न पुगे । जस्ले गर्दा पढाउने शिक्षक भन्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताको हालीमुली विद्यालयमा बढ्न थाल्यो । अभिभावकहरुले आफूले एक छाक खाएर भएपनि आफना छोराछोरीलाई महंगा निजी विद्यालयमा पढाउन थाले । यस्ले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या हवात्तै घट्न   गयो । अहिले पनि धेरै सामुदायिक विद्यालयको अवस्था खस्कदै गएको परिपेक्ष्यमा  काभे्रका यी युवाले गरेको यो प्रयास प्रंसशनीय छ, हैन र  ?