डुवान  र बढी पहिराेः   जोखिममा अधिक बालबालिका !

डुवान  र बढी पहिराेः   जोखिममा अधिक बालबालिका !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७६

काठमाडौँ । वर्ष कम हुुन  थाले पछि खोलाको सतह  विस्तारै घट्न थालेका छन ।  डुबान क्षेत्रको  पनि पानी विस्तारै घटिरहेको थियो । २०७६असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खान यस्तै मौका पारेर  खेल्नको लागि  निस्किएका थिए । उनलाई के थाहा घर नजिक जताततै पानी पोखरी छ भनेर ।

समयमा नै  थाहा हुनुपर्ने अभिभावकले ध्यान नदिंदा ऐयान खानले   पानीमा डुबेर अकालमा ज्यानगुम्यो ।  

२०७६असार २७ गते वर्षाको उर्लँदो भेलले दाउरा बगाएर ल्याएको देखेपछि दाउरा छोप्न तम्सिए पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल । दाउरा टिप्न बाढीमा पसेका निखिल कहिल्यै नफर्कने

गरी दाउरासँगै बगेर  वेपत्ता भए  । बारा कलैयाका विक्की शाहको घर नजिकैको नालामा जमेको पानीमा  डुबेर ज्यान गयो भने १० वर्षका अजित शाहको ।  

यी केही  प्रतिनिधिमूलक घटना मात्र भए । अभिभावकले सामान्य हेक्का राखेको भए उनीहरुको अकालको मृत्यू रोक्न सक्ने सम्भवना रहन्थ्यो ।  गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालको भनाई छ, 'अभिभावको असावधानी र बच्चाको जिद्दीपनले घटना भएका छन्, आफू छतमा बस्ने बालबालिकालाई छाडिदिने अवस्था पनि देखियो ।"

२०७६असार अन्तिम साताको अविरल वर्षपछि आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका मध्ये आधा बढी बालबालिका रहेको पाइएको छ ।   गृह मन्त्रालयले दिएको विवरणअनुसार अहिलेसम्म  बाढी पहिरो परि मृत्यु भएका ९० मध्ये ४६ बालकालिकाले ज्यान गइसकेको छ ।  त्यस्तै १८ वर्ष उमेरका दुई जनालाई समेत जोड्ने हो भने यो संख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार  केही अझ पनि बेपत्ता भइरहेको अवस्था छ । 

 तराईका अधिकांश ठाउँमा परिवारको लापरवाहीका कारण बालबालिकाको मृत्यु भएको  प्रहरीको भनाई रहँदै आएको  छ । कतिपय स्थानमा बालबालिकाले जोखिम उठाउँदा पनि ज्यान गुमाएका छन् । तराइमा मृत्यु भएका बालबालिकामध्ये धेरै खाल्डोमा जमेको पानी, पोखरी, नाला वा घर नजिकको कल्भर्टमा डुबेर  मृत्यू हुने गरेको छ । 

यसरी कल्भर्टको पानीमा डुबेर झापा दमक नगरपालिका–१० की छ वर्षीया बालिका एलिजा न्यौपाने र खोलाले बगाउँदा नौ वर्षीय सौगात चापागाईँको असार २८ मा मृत्यु भएको थियो ।

 झापा कै  मेचीनगर नगरपालिका–५ मा खोलाले बगाएर बालक अजित प्रसाईंको ज्यान गएको थियो भने  मोरङमा  १४ वर्षीय ऋषिदेव र कानेपोखरीका आठ वर्षीया प्रिती तामाङ तथा पथरी शनिश्चरेमा ११ वर्षीय सिर्जना तामाङको  पानि र डबानका काराण मृत्यु भएको थियो । सुनसरीका १२ वर्षीय तोसिव मियाँ, चार वर्षका जुगेर मियाँ र पाँचथरका १० वर्षीय दिवन राईको खोलाले बगाएर र भोजपुरका १४ वर्षीय जनक विक, १७ वर्षका शिवकुमार राई, १५ वर्षका शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गएको थियो । 

अबिरल वर्षा पश्चात पहिरो आइ घर पुरेर खोटाङको खोटेहाङ गाउँपालिका–२ का चार वर्षीय रोमन र रोहन राईको मृत्यु भयो । महोत्तरीमा इन्ताज नदाफ, अजरुद्दिन नदाफ, सिराहाको मिर्चैया नगरपालिकाका एक वर्षीया रागनीकुमारी महत्तो, प्रियाङ्का शाह, १५ वर्षका बली शाह, नौ वर्षका मोहम्मद साहिदको जमेको पानीमा र दुई वर्षका ऐयान खानको खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । रौतहटमा १० मध्ये पाँच बालबालिकाले पानिमा डबेर  ज्यान गएको छ  । जसमा पुरुषोत्तम यादव, परमेश्वर यादव, रविराम, सिद्धान्तराय यादव, सफअन महम्मद रहेका छन् । चार जनाको जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाको भनाइ छ, 'नदीले बगाएरभन्दा पनि डुबेर धेरै मृत्यु भएको अवस्था छ, एक महिलाले घाँस दाउरा लिन जाँदा बच्चा लिएर गइन्, बच्चा डुबेर मरे, बाढीले त मृत्यु भयो नै, त्यसमाथि लापरवाहीले पनि मरेको छ ।' पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल बगेर ल्याएको दाउरा टिप्न जाँदा दाउरासँगै बगे ।

पर्सा जिल्लाका १४ वर्षीय अनुप पटेल, पाँच वर्षका अकलेश ठाकुर, बाराका ५ वर्षीय विकी यादव र १० वर्षका अजित शाहको पनि नाला, खोला र खाल्डोमा जमेको पानीको सिकार बने भने  सिन्धुलीमा १० वर्षका सविता पौडेल र एक वर्षका श्रवण कपारी, काभ्रेका ७ वर्षीय सुहाबी दङ्गाल, काठमाडौँ मुलपानीमा १२ वर्षका कुन्दन यादव र ११ वर्षका सुरज जिम्बाको  समेत निधन भई सकेको छ । बढी पहिरोका कारण

ललितपुरका सन्दीप ल्हो, मकवानपुरका १४ वर्षीया सन्तमाया बलामी, १४ वर्षकी सृष्टी डिमडुङ, धादिङका आठ वर्षीय भक्तसिंह बैजालीको समेत मृत्यु भएको गृह मन्त्रालय ले जानकारी दिएको समाचारनारायण ढुङ्गानाले लेख्न भएको   छ ।