जापानी खानाको परिकार‘रामेन’  अब काठमाडौँमै

जापानी खानाको परिकार‘रामेन’  अब काठमाडौँमै

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  श्रावण ४, २०७६

काठमाडौँ । जापानको प्रख्यात खानाको परिकार ‘रामेन’ को स्वाद नेपाली तथा विदेशी काठमाडौँमा  सहजै चाख्न पाउने भएका छन् ।

 ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले जापानको प्राचीन खानाको परिकार  ‘रामेन’ नेपालमा भित्र्याए को हो । काठमाडौँमा दुई रेष्टुरेन्ट सञ्चालन गरी सो परिकार भित्र्याइएको २०७६ साउन ३ गते  काठमाडौँमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिइएको थियो । परिकार बनाउने जापानी प्रविधि भित्र्याउनेदेखि जनशक्ति व्यवस्थापनसम्म गरी हालसम्म  दुई करोड ७५ लाख लगानी भइसकेको होक्काइदो ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभएको छ । 

जापानमा लामो समयदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अर्घाखाँचीका अधिकारीसहित चार जनाको समूहले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको  समेत जानाकारी दिइएको छ । 

अधिकारीका अनुसार  जापानमा १२ भन्दा बढी रेष्टुरेन्ट सञ्चालन गरिरहनुभएको छ । विदेशमा रेष्टुरेन्ट सञ्चालन गरेको अनुभवलाई नेपालमा सदुपयोग गर्ने तथा नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ गाढा बनाउनृ  उद्देश्यका साथ जापानी परिकार भित्र्याइएको अध्यक्ष अधिकारीको दाबी रहेको छ ।   पहिलो चरणमा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट र काठमाडौँ गेष्ट हाउसमा रामेनको परिकार उपलब्ध गराउने बताइएको छ ।

पोखरा, बुटवल, भैरहवालगायत स्थानमा यसको विस्तार गर्ने योजना रहेको समेत जानाकारी दिइएको छ । रामेन जापानको  एक लोकप्रिय खानाको परिकार हो । यो नेपालमा प्रचलित खाना थूक्पासित करिबकरिब मिल्दोजुल्दो परिकार जस्तो हुन्छ ।

स्वाद भने थूक्पाभन्दा बिलकुल फरक रहेको लामो नूडल्सलाई आठ घण्टा लगाएर बनाइएको सुपमा तरकारी, अण्डा र मासु प्रयोग गरेर तयार गरिन्छ ।   जापानका प्रसिद्ध रामेन सेफ माचुमुराले नेपालमा रामेनको प्रशिक्षण तथा प्रर्वद्धन गर्दै आउनुभएको समेत जानाकारी दिइएको छ । 

जापानमा विभिन्न परिकार बनाएर अनुभव प्राप्त गर्नुभएका पुरनबहादुर चौधरी मुख्य जानकार व्याक्ति हुनुहुन्छ । रामेन हाउसमा रामेन बाहेक अन्य ३० भन्दा बढी जापानी परिकार समेत उपलब्ध गराउने तयारी भएको छ ।

 नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘केजीएच’ ग्रुपसँग सहकार्य गरी सञ्चालनमा ल्यउन लागिएको  रामेन हाउसको शाखा तथा फ्रेन्चाइज अबको एक वर्षमा कम्तीमा सात स्थानमा विस्तार गर्न लागिएको बताइएको छ ।  रामेनको परिकारलाई जापानी मापदण्डअनुसार उत्पादनका लागि आवश्यकपर्ने पानी तथा कच्चा पदार्थ जापानी विज्ञको प्रशिक्षणमा उत्पादित व्यावसायिक कृषिको लागि भैरहवालगायत स्थानमा गहुँ, जौ र फापर उत्पादन नै गर्न थालिएको जानाकारी दिइएको  छ । 

रामेनका लागि ७० प्रतिशत कच्चा पदार्थ नेपालकै हुने र बाँकी जापानबाटै ल्याइने  तयारी भइरहेको  छ । प्रति रामेनको मूल्य  ५५० भन्दा बढी पर्ने समेत बताइएको छ ।  । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा रामेनको परिकार नेपालमा पाइने भएपछि जापानका पर्यटकलाई नेपालको बसाइँ अवधि लम्ब्याउनसमेत सहयोग पुग्ने अपेक्षा राखिएको छ । रामेन हाउसको पार्क भिलेजमा २०७६साल साउन ४ गते  शनिबार नेपालका लागि जापानका राजदूत साइगो मासामिचिले उद्घाटन गर्नुहुने कार्यक्रम  छ । काठमाडौँमा २७ भन्दा बढी जापानी रेष्टुरेन्ट सञ्चालनमा रहेकोमा  १२ रेष्टुरेन्टमा भने  रामेन पाइँदै आएको छ ।