पत्रकारकाे मनवार्ता

कथा

पत्रकारकाे  मनवार्ता

सीताराम नेपाल  |  साहित्य  |  श्रावण ४, २०७६

‘न त शान्ति प्रक्रिया अगाडी बढ्यो, न त संविधान बन्यो । संविधान–सभा रमिते बनेर ठूला दलहरूका कुस्ती हेरेको हेर्‍यै छ ।’ थुप्रै श्यामलालहरू बेचैनीले हैरान भएर यसो भनीरहेका छन् । श्यामलाल, एक पत्रकार । साथीहरूले निडर, निर्भिक युवा पत्रकार हो भनेर हौस्याउदा फुरुङ्ग हुन्थ्यो । लोभ, मोह, कपट आदि दुर्गुणहरूको नामोनिसान नभएको व्यक्ति थियो । सरल तर राजनीतिक दुःख, कष्ट, झेल्न तयार देखिन्थ्यो ऊ । जुझारू, आस्थामा अटल, निस्कलङ्क र खरो मिजासको व्यक्ति ठानिन्थ्यो उसलाई । पार्टीका मित्रहरूले यसरी फुक्र्याउदा ऊ मख्ख परी गजक्क फुल्थ्यो र जोशले भरिएको देखिन्थ्यो । तर पत्रकारमा नभै नहुने त्यति धेरै गुणवेत्ता हुनुका साथै पत्रकारितामा मास्टर डिग्री पास गरी सिकारू पत्रकारिताको खुड्किलाहरू पार गरेको दशक बितिसक्दा पनि मध्यमस्तरको पत्रकार भन्दा उम्दा मानिएको थिएन श्यामलाललाई । यसै पनि मध्यमस्तरको पत्रकारहरूको चाप अत्यन्त घनिभूत थियो हाम्रो राजधानीमा । इमानजमानवाला पत्रकारका लागि दिनको झण्डै सोह्र घन्टा काममा खट्दा पनि महिना पार हुँदा ‘रातभरि करायो दक्षिणा हरायो’ हुन्थ्यो । तर पनि ऊ न त अवसरवादी थियो, न त मौका परस्त नै । ऊ निष्ठामा रमाउने व्यक्ति थियो । एकनिष्ट निष्टामा बाँच्ने पत्रकारहरूले दुःख पाउनु स्वभाविक हुन्थ्यो । असल नीति, सिद्धान्तमा रही सोझो, सरल र सपाट पत्रकारिता गर्नु भनेको बाबुको सम्पति उडाउनु हो भन्ने भनाइले वजार पिटेको थियो । त्यस्तो निर्वाह गर्न कठिन स्थितिबाट ऊ कहिले काही अत्तालिन्थ्यो र केही वेर पछि सम्हालिन्थ्यो । यो र यस्ता थुप्रै श्यामलालहरू, अविलम्ब शान्ति प्रक्रिया टुङग्याइ नयाँ संविधान जारी गराउन संविधानसभा भवन अगाडि अन्सन र धर्ना दिइरहेका छन् । धर्नास्थलमा प्रहरी हस्तक्षेप भयो । लाठी चार्ज गरियो । धर्पकड भयो । धर्नामा बसिरहेकोे श्यामलालको टाउकोमा लाठी प्रहार भयो । ऊ मूर्छा पर्‍यो । अर्धचेत अवस्थामा पुगेको श्यामलाल आफूले भोगेको तर हाल विस्मृतिमा पुगेको बिगतका घट्नाहरू सम्झन थाल्यो । अनि आफैँसंग वार्ता गर्न थाल्यो । अवचेतनले टन्न भरिएको उसको दिमागमा रेकर्ड भएर रहेका कुराहरू यहाँ उल्लेख गरेको छु । 

‘दुःखमा न आत्तिनु, सुखमा नमात्तिनु भन्छन् । जीवनका गोरेटाहरूलाई रुटिङमा ढालेर काम गर्नु पर्ने पत्रकारिताको कर्तब्य पथमा हिँडेपछि दुःख त साथी बनी हाल्छ नि । त्यसमाथि पंचायती कालमा राजनीतिमा लाग्नु भनेको आफैँले रहर गरेर दुःख बेसाउनु हो । जहाँ गए पनि, जे गरे पनि, पेशामा रहेर राजनीतिमा लाग्नु भनेको नदुःखेको टाउको दुखाउनु हो । दोहोरो नैतिकतालाई ख्याल राख्दै आफ्नो  खुट्टामा उभिएर पापी पेट भर्दै राजनीति गर्नु कम्ताको गाह्रो हुने रै’नछ । भएभर्को बुद्धि वर्कत लगाएर मेहनत नगरे स्वाभिमानी ठहरिएको यो घिरौँलो जस्तो घोक्रिएको नाकमा नत्थी लागी हाल्छ, परेन त फसाद !’ 

‘पत्रकारिता र राजनीति एक सिक्काको दुई पाटो हो – सबै सचेतजनलाई अवगत भएको हुनाले यो भनिरहनु पर्ने कुरा होइन । त्यसैले मैले यो सिक्कालाई चुनौतिको रूपमा लिएको हुँ । अब म तपाईँहरूलाई मैले देखे, भोगेको त्यसबेलाको राजनीतितिर डोर्‍याउछु है ।’ हेरौँ हामीलाई के भन्न खोज्दै छ श्यामलाल ।

‘मेरो देशको राजनीति मेरो डेराघरको छिँडी (बागवजारको गल्लीभित्रको छिँडी भनेपछि सबैभन्दा गयगुज्रेको, नाजुक वा बस्न लायक नभएको भन्ने बुझिन्छ) भन्दा पनि दुर्गन्धित थियो । मेरो टाउको लुकाउने ठाऊँ पद्मकन्या क्याम्पस अगाडी पट्टिको बागबजारको गल्ःली भित्र थियो । एक आपसमा तीनतिर जोडिएर उभिएका ६,७ तले थुप्रै भद्रगोले घरहरूले चेपिएकोे साँघुरो गल्लीभित्र म बस्थेँ । मेरो डेरामा जाने बाङ्गो टिङ्गो, गौडा गल्छेडा भएको अँध्यारो गल्ली भन्दा देशको राजनीतिक भविष्य झन् भद्रगोल, गन्जागोल, गोलमटोल र अन्धकार थियो । कांग्रेस कम्युनिष्ट आफू–आफूमै गुट, उपगुट र फुटमा रूमल्लिएर बहुदललाई बाँदरको हातको नरिवल बनाइरहेका थिए । 

‘पत्रकारिता र राजनीति एक सिक्काको दुई पाटो हो – सबै सचेतजनलाई अवगत भएको हुनाले यो भनिरहनु पर्ने कुरा होइन । त्यसैले मैले यो सिक्कालाई चुनौतिको रूपमा लिएको हुँ । अब म तपाईँहरूलाई मैले देखे, भोगेको त्यसबेलाको राजनीतितिर डोर्‍याउछु है ।’ हेरौँ हामीलाई के भन्न खोज्दै छ श्यामलाल ।

‘तपाईँहरूको वेमेल, घात, प्रतिघात र फुटको फोहोरी खेलले गर्दा प्रजातन्त्रलाई खतरा भइरहेको छ । वेलैमा सचेत हुनुपर्‍यो ।’ आफूले ठूला दलका ठूला नेताहरूलाई बारम्बार यो कुरा भनेको सम्झन्छ, ऊ । ‘मैले राजनीतिक चस्का पसेको एक सचेत पत्रकारका नाताले प्रत्येक जसो नेताहरूलाई समय–समयमा सजग गराइरा’थेँ । तर नेताहरूको गैँडे छाला रूपी कानमा वतास लागेन । कोही फुटको खेतीमा, कोही गुटको त कोही उपगुट बनाउनमै रमाइरहेका थिए । दलहरू भर्खर धान रोपेको खेत खडेरीले चिरा परेझैँ चिरा परेको देखेर पुरातनपन्थीहरू मध्ययुगीन निरङ्कुसताको साम्राज्य ब्यूताउने मनसुवा पूरा हुने भयो भनी रमाइरहेका थिए । उनीहरूको महान्यायकले मौकामा चौका हान्दै त्यस्तो शुभ–साइत छोपेर प्रजातन्त्रकै नाम लिएर प्रजातान्त्रिक संविधानलाई बलात् कुल्चेर जनतामाथि निरंकुशे कालरात्री राज एकछत्र लादी दिए । चनाखो आँखाले हेर्दा–हेर्दै, गुहार माग्दा–माग्दै प्रजातन्त्रमा खग्रास ग्रहण लाग्यो ।’ 

‘एकाइसौँ सताब्दी भएर के गर्नु ? फेरि पनि राजाको हुकुम नै राजनीति बन्यो । भ्यागुते बुध्दि भएका नेताहरूका बाँदरे चरित्रका कारण झण्डै छ दशक अघिदेखि जग हालिएको भए पनि यहाँ दलीय मर्यादा, संस्कार बस्न सकेको थिएन । त्यसैले अल्छीहरूले सल्लाह गर्दा–गर्दै सात गाऊँ डुब्यो ।’  श्यामलालले गम्भीर भावभङ्गीमा बिगतको राजनीतिक इतिहास खोतल्दै गयो ।

‘नेताहरू प्रतिगमन बिरुद्ध नरम–गरम के रुख अपनाउलान् ? अब के होला, कसो होला ? कुन दलले के निर्णय गर्ला ?’ मेरो मन यिनै तर्कनाले हुँडलिइरहन्थ्यो । तर दलहरू भने राजाले पटक–पटक सिस्नु पानी लगाएर दोहोलो काड्दा पनि चेतेका देखिएनन् । ‘मुण्ड मुण्ड बुध्दि कुण्ड कुण्ड पानी’ मा रमाएर जति दल त्यति नै काइदा काइदाको डम्फु बजाउनमै तल्लीन देखिन्थे । जति पछि भो’ उति पार्टीहरू कुइराको काग झैं आफूभित्रै अन्योलको भूमरीमा हराइरहेका थिए । दलदलको वेमेल मात्र होइन दलभित्रका उपदल, उपदलभित्र दशतिर फर्केका, व्यक्तिगत र गुटगत सङ्कीर्णताबाट वेष्ठित नेतागण दलहरूमा हावी भएको देख्दा म जस्ताको मन कुटुक्क दुख्थ्यो ।’ 

‘लोकतान्त्रिक गणतन्त्र पनि कागलाई बेल पाकेजस्तै भयो ।’ यतिखेर पनि नेतागण व्यक्तिगत र दलगत स्वार्थबाट माथि उठेको नदेखेर श्यामलाल भावविभोर भइ गुनगुनायो । 

‘नानीदेखि लोकतन्त्रको लागि व्यक्तिगत सुख, सुविधा त्राण बराबर नठानी दुःखको भवसागरमा रमाउन लागेको बानी कसले छोड्न सकेका थिए र मैले छाड्नु ? ‘यिनले गरी खाने छाँटचाँहि छैन तर लोकतन्त्र त चाहियो नि’ यसरी मन बुझाउने गर्दथेँ ।’ श्यामलालको आँखामा पंचायत फाल्दाको दुःख, कष्ट र यातनाका सृङ्खलाहरू सलबलाएको देखियो ।

‘कामबाट फर्कदा थकाइले लोत भइसकेको हुन्थेँ । डेरातिर छिर्ने गल्लीमा पुग्नासाथ फोहोरको थुप्रो व्हास्स गन्हाएपछि मेरो थकाइमा रुमल्लिएको सचेतन चक्षु खुल्थ्यो । र यसै गरी गन्हाइरहेको यो व्यवस्थामा अलिकति वा थोरै होइन, आमूल परिवर्तन नल्याइ हुन्न भन्ने दृढता जाग्दथ्यो । एकोहोरो हिड्दा पनि निसासिने साँघुरो सुरुङ्गजस्तो दिउसै वत्ति बाल्नु पर्ने अध्यारो गल्ली भित्र पर्दथ्यो मेरो कोठा । एक–आपसमा गुजमुजिएका, अग्ल्याउने होडबाजीले गर्दा रङ्गनढङ्गका अग्ला घरहरू मध्ये सबैभन्दा कुनाको पुरानो रङ खुइलिएर फुङ्ङ उडेको घरको पांँचौ तल्लाको भित्र पट्टिको अँध्यारो कोठामा बस्थेँ म । गल्लीको त्यतिभित्र (पर)को कुनामा म जस्तो निरङ्कुशता बिरोधी, लोकतन्त्रवादी पत्रकार बस्ला भनेर निरङ्कुशताको कुनै दूतले पनि भेउ पाउन सकेनन् । कोठा रोज्ने काम ठीक ठहरिएको आलोकमा विगतमा बग्रेल्ती वेठीक भएका कुराहरू सम्झन्थेँ । अनि लामो सास तान्दै थकित मनलाई गल्तीको थुप्रोमा अड्याएर सन्तोष लिन्थेँ । मेरो त्यो कोठामा पटक–पटक  लोकतन्त्रवादी दलहरूकोे भ्याली कमिटीको वैठक बसेको कसैले सुइँकोसम्म नपाएको घटनाहरू सम्झँदा म अझै आनन्दमा पुलकित हुन पुग्छु, त्यो आफ्नो औकातको पुरूषार्थ सम्झँदा सन्तोषको सास फेर्न मन लाग्छ मलाई ।’ यतिखेर भने श्यामलालका दुबै आँखा खुसीले भरिएको देखियो ।

‘यस्तै थोत्रे गन्थनलाई बिरलै मिल्ने फुर्सदमा मैले आफैसंग मनवार्ता गरी पत्रकारको धर्म निर्वाह गर्ने गरेको छु । अहिले पनि त्यही गरिरा’छु । फेरि पनि जोड दिएर भन्छु–मेरो आफ्नै भोगाइको विषय चाँहि आफूले बिगतमा गरेका त्रुटीपूर्ण कामहरू हुन्थ्यो । उसो भए के राजनीतिमा लाग्नु गल्ती हो त ? आफ्नो स्वाभिमान र पेशाको मर्यादालाई स्वच्छ राख्दै सादा जीवन जिउनु गल्ती हो त ? कहिलेकाही यस्ता प्रश्नहरूले घेर्न आउदथ्यो मलाई । तर ध्रुबतारा जस्तै एक्लै हुनु परे पनि स्वच्छ राजनीति र इमान्दार पेशा अँगाल्नु किमार्थ गल्ती होइन भन्ने मलाई पूरा विश्वास नभएको होइन । तरै पनि मनमा किन यस्तो प्रश्न आउछ घरी–घरी । शायद बिर्सनै नमिल्ने एउटा ठूलो गल्ती यहाँ उल्लेख नगरेर हो कि ?’

‘राजनीतिमा सङकटकालको कालो बादल छाएको बेला थियो । जेल पर्न बाँकी नेताहरू चिहिलबिहिल भै कोही कता, कोही कता छरिएर लुकीछिपी रहन बाध्य थिए । त्यसैले निक्कै मेहनत गरेर गिरिजाप्रसाद कोइरालालाई भेट गर्न समय मिलाएको थिएँ ।  तोकिएको समय नघर्काइकन पूर्वनिर्धारित स्थानमा पुग्नै पर्र्नेे मेरो अर्को नराम्रो बानी  थियो । त्यही  घटिया बानी अनुसार भोलिपल्टको विहान साढेचार बजेको लागि घडीको सुई मिलाइवरी सुतेँ । मस्त निन्द्रा खल्वल्याइ दिने घडीमाथि निन्द्राको सुरमा मेरो तालिम प्राप्त दायाँ हात प्रतिगमनको रक्षक पुलिसमाथि जाइलागे जसरी ढाइकिलोको वजनसहित जाइलाग्यो । घडी बन्द भयो । खलबलिएको निन्द्रा सँगालेर सुतेँ । झन् कुम्भकर्णे निन्द्रामा पुगेर भुसुक्क निदायको निदायै भए छु । ब्यूझिदा अबेला भैसकेको थियो । त्यो विहान मेरो महत्वपूर्ण समय कहिल्यै नभेटिने गरी छुट्यो । अन्तर्वार्ता दिन तम्तयार नेता गिरिजा प्रसाद कोइरालासंग दुई हात जोडी माफ मागेँ । तर उनी मलाई फेरि अन्तर्वार्ता दिन मरेकाटे मानेनन् । ‘बितेको समय कहिल्यै फर्कदैन’ भनेर रित्तो हात फर्काइ दिए मलाई । त्यसपछि उनीसंगको सुमधूर सम्बन्ध पनि टुट्यो । पार्ट ट्यामको जागिर पनि छुट्यो । सबैभन्दा ठूलो कुरा त्यसबेलाको बहुचर्चित नेताको सन्सनीपूर्ण अन्तर्वार्ता जो यतिखेर साह्रै महत्वपूर्ण हुन्थ्यो, छुट्यो । त्यो घट्ना म कहिल्यै बिर्सन सक्दिन ।’  
 

‘त्यस घटनाले मलाई अहिले पनि बढी भावुक बनाउछ । कतै यस धर्तीमा जन्मनु नै गल्ती त थे’न मेरो ? सबैभन्दा ठूलो गल्ती जन्मनु पो हो कि !..... जे होस् जीवन गल्ती नै गल्तीको पहाड हो, अभावै अभावको सृङखला हो, दुःखै दुःखको सागरमा डुबे पनि आशाको पछि लाग्ने अनिवार्यता हो जीवन ।’ पटक–पटकको मनवार्ताको निस्कर्ष यस्तो निस्कन्थ्यो मेरो ।’ श्यामलालको मुहारमा सुख र दुःख मिश्रित भावहरू कुदिरहेको छ । 

‘विचारले राजनीतिक दलको पछुवा छँदै थेँ, पेशा पनि दलको पिछा नगरी, नेताको मनभित्र पसेर तिनको मनको अन्तरकुन्तर छामेर मिडियाबाट बिस्कुनझैँ नफिजाइ नहुने अप्नाए

पछि त्यही काम गर्नै पर्‍यो । म अल्झिएको जम्बो पत्रकारिता कम्पनीले मेरो काम पनि नेतालाई सम्पर्क गरी दलभित्रको सकेसम्म आन्द्राभुडी खोतल्ने र मनगढन्ते नै किन नहोस् त्यसैको आलोचनाले भरिएको समाचार बनाउने, बरिष्ट नेताहरूको अन्तर्वार्ता लिने, र स्थिति हेरिकन तिनलाई खुइल्याउने, त्यै निहुँमा नेता हेरिकन उचाल्ने, थचार्ने, फुक्र्याउने, उल्क्याउने र व्यक्तिगत महत्वाकांक्षा बढाइ दिने, आदि मेरो कार्यक्षेत्र तोकी काम जिम्मा लगाइएको थियो । मैले नेता–नेतामा जुधाउने, बझाउने, दलमा फुट पार्ने, दललाई खुइल्याउने, काम नगरेकै कारण मलाई पछि पारेर सिकारुकै दर्जामा टक्साइयो ।’

‘नेताहरूको भाषणलाई समाचार बनाएर नपुगी उनीहरूसंग भेटवार्ता र अन्तर्वार्ता लिदा–लिदा वाक्कदिक्क भइयो । तर यो पत्रकारिताको खोतल्ने बानी कहाँ छाड्न सकिने रहेछ र ! एकछिन चूप लाग्यो कि मनमा खस–खस भइ हाल्दो रहेछ ।’ श्यामलालले प्रष्टिकरण दियो । 

‘अर्को कुनै विहान पत्रकारको खोल ओडेर पार्टीको अत्यन्त जरुरी कामका लागि लुकेर बसेका अर्का आन्दोलनकारी नेतालाई भेट्न सबेरै निस्कदै गर्दा  वाहिर बेस्सरी पानी दर्केको सुनियो –‘अहा !  झरी प¥या वेलामा  ओड्नेभित्र गुटमुटिएर सुत्दा क्या मिठो निन्द्रा लाग्छ नि ! के गर्नु कर्तब्यको नसाले कैल्यै छोड्या हैन । मनवार्ता गर्दै बाटो लागेँ ।’ 

‘लोकतन्त्रवादीले आफ्नो कर्तव्य गर्दा अर्काको अधिकार ख्याल गर्नु पर्छ । प्रत्येक तलाको पाँच कोठाको दरमा पाँच तलाको कोठा–कोठामा छरिएका मान्छेहरूको विहानको मिठो निन्द्रा खल्बल्याउनु हुँदैन । उनीहरूको सुत्ने अधिकारको सम्मान गर्नु पर्छ । म भित्रको लोकतान्त्रिक नैतिकताले अर्को कर्तव्यको फँणा उठायो । यो नैतिक आदेशलाई शिरोपर गरी मैले आफैलाई उपदेशात्मक भाषण पिलाउदै खुट्टालाई आवाज ननिकाली सुस्तरी हिड्न आदेश दिएँ ।’

अर्को कुनै विहान पत्रकारको खोल ओडेर पार्टीको अत्यन्त जरुरी कामका लागि लुकेर बसेका अर्का आन्दोलनकारी नेतालाई भेट्न सबेरै निस्कदै गर्दा  वाहिर बेस्सरी पानी दर्केको सुनियो –‘अहा !  झरी प¥या वेलामा  ओड्नेभित्र गुटमुटिएर सुत्दा क्या मिठो निन्द्रा लाग्छ नि ! के गर्नु कर्तब्यको नसाले कैल्यै छोड्या हैन । मनवार्ता गर्दै बाटो लागेँ ।’ 

 

‘बर्षायाम भएकोले फुटेको माटोको गाग्रोझैंं आकाश चुहिरहेको थियो । मान्छेका टाउका छुँलाझै गरी कालो बादल मडारिएर, गड्यङ्गगुडुङ्ग गरी पानी दर्किरहेको थियो । डेढसय पर्ने चाइनिज फोल्डिङ छाता ओडेर अरूका नजरमा प्रभातकालीन यात्रामा निस्केँ म । पानी एकनासले परेको हुनाले नेताकहाँ पुग्दा मेरा घुँडासम्म मात्र ओत दिएछ छाताले । ‘यी नेताजस्तै पुड्के भा’ भे घुँडामुनि पनि ओतिने रे’छ । के गर्नु र ? आफू परियो गिरिजा जस्तो टिङ्गरे ।’ मनवार्ताको यो मोडमा  ठट्टाका कुरा खेलाउदै जुत्ताभित्र जम्मा भएको पानी बजाउदै म ठीक ट्याममा नेता निवासमा पुगेँ ।’ श्यामलालले लामो गन्थन सुनायो ।

‘हो, नेताहरूले भनेझैँ लोकतन्त्र ल्याउने संघर्षमा नेपाली जनताले साथ दे’का हुन् । नागरिक समाज, मानवाधिकारवादी, बुद्धिजीवी, पेशाकर्मी, मजदुर, किसान,  सबले होस्टेमा हैँसे गरेकै हुन् । नत्र भने उहिल्यैदेखि संस्कार र सांस्कृतिक रूप लिइसकेको, गोमन साँप भन्दा बिषालु तन्त्र जाबो १९ दिने हड्तालको भर्मा किन ढल्थ्यो र गल्र्याम्म ! ऐले मलाई लागिरा’छ, उनीहरू साथ दिन बाध्य थिए । किनकि लोकतन्त्रको विकल्प थे’न र छैन पनि । तर सत्ताको साँचो हात पर्ना साथ फेरि पनि नेताहरूले जनतासमक्ष खाएको कसम र गरेको कवुल बिर्से र पो मार्‍यो त !’ यहाँ आइपुग्दा उसमा निराशा र उत्साह एकैसाथ घोलिएको देखियो ।

‘लोकतन्त्रलाई समयमै व्यवस्थित गर्न नसक्दा अराजकता, उदण्डता, उच्छृङखलता जस्ता सङक्रामक रोगले देशभरि दादागिरी देखाइ लल्कारी रहेको छ– यो मेरो वर्तमान हो । लामो समयको बिकृति, बिसँगति बिरुद्धको संघर्ष गर्दा थाकेर हो कि किन हो ? यस्ता वेथितिबाट छिट्टै प्रभावित हुन थाल्या छु । यस मामलामा बडो संवेदनशील पनि छु भन्छन् मेरा साथीहरू । हुन पनि हो– मनको पेण्डोराको बाकसको अन्तिम झिनो आशाको त्यान्द्रो राख्ने ठाम देखिरा’छुइन मैले ।’ ऊ वर्तमानको राजनीतिमा गोतामार्न थाल्यो ।

‘विकास नहुने ठाम् हैन यो । यी नेताहरू मिलेर हातेमालो गरेर ‘लौ अब विकास गरम्’ भने भने जनता साथ दिन आतुर छन् । यति थोरै भूभागमा संसारको सबैजसो प्राकृतिक विशेषता अटाउन सक्ने यो मुलुकको छिट्टै कायाकल्प फेरिने थियो । भूगोलको हिसाबले विश्वको धेरै सानो नगण्य टुक्रा मेरो देश नेताहरूले बुद्धि पुर्‍याए भने चौतर्फी विकासमा छलाङ् मार्ने थियो । विश्वको एक चिम्टी यो माटो विविधताले भरिएको छ । त्यसैले यहाँ विकासको प्रचूर सम्भावना छ । मेरो देशले आफ्नो काखमा संसारकै सबैभन्दा अग्लो भूभाग बोकेको छ । यो सम्झँदा प्रफुल्ल हुन्छु म । अघिपछि हिउदको सर्प दुलाभित्र लुकेझै‌ अवचेतनामा लुक्ने गौरब पुलकित हुन्छ म भित्र ।’ श्यामलालमा देखिएको उत्साह केही वेर पछि सेलाउदै गएर निराशाको खाल्डोमा जाकियो । 

‘आ’ जेसुकै होस् । जेसुकै गरुन् नेताहरूले । जनतामा मरेको आशा ब्युँताइवरी आफू चाहिँ पालैपालो सत्ताको चास्नीमा डुब्ने तिनै हुन् के रे । कामको नाममा कसैले पनि सिन्कोसम्म भाँच्या छैनन् । यी 
सप्पै एउटै ड्याङका मुला रहेछन् । यिनले केही पनि गर्दैनन् । यहाँ केही हुनेवाला छैन । अब फेरि आन्दोलन गर्नु पर्छ । आन्दोलनको विकल्प छैन ।’
‘समय घर्किन नदेउ– जनभावनानुसार शान्ति सुलह गरी संविधान बनाउ ।

सत्ता स्वार्थ र बालहटझैँ तिमीहरूमा मौलाएको दलहट त्याग ।

अप्ठेरोमा हलो अड्काएर दोसजति अरूको थाप्लोमा हालेर मेरो गोरुको बाह्रै टक्का भन्न छाड । 

मिलेर संविधान बनाउ ।

हामीलाई नेपाल प्यारो छ–देश बचाउ ।’

‘रिले अन्सन र धर्ना जारी  थियो । २०६८ साल जेठ १३ गतेको कुरा– संविधानसभा भवन अघि यिनै नारा लगाइ धर्ना दिइरहेको पत्रकार महासंघमाथि प्रहरी दमन भयो । एउटा भुसतिघ्रे प्रहरीले कसेर कठबासको डण्डा मेरो टाउकामा बजार्‍यो । त्यसपछि म माथि उल्लेखित मनवार्ता गर्न थाले छु । मोडेल अस्पतालको न्यूरो विशेषज्ञले रेकर्ड गरेको टेप बजाएर सुनाउदा म छक्क परेँ ।’ हल्का मुस्कानका साथ श्यामलालले कथाको अन्त्य गर्‍यो ।