शीला दीक्षितको अंतिम संस्कार आज

शीला दीक्षितको अंतिम संस्कार आज

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७६

काठमाडौं, एजेन्सी । दिल्लीको पूर्व मुख्यमंत्री शीला दीक्षितको अंतिम संस्कार आज पौने तीन बजे निगम बोध घाटमा हुँदैछ । उनको पार्थिव शरीरलाई कांग्रेसको केन्द्रिय कार्यालयमा अंतिम दर्शनका लागि राखिनेछ । 

शनिवार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दिल्लीको फोर्टिस एस्कर्ट्स हस्पिटलमा भर्ना गरिएको थियो । उपचारका दौरान हृदयघातका कारण उनको मृत्यु भएको थियो । 

शीला दीक्षित १५ वर्षसम्म दिल्लीको मुख्यमंत्री भएकी थिइन् । लोकसभा चुनावभन्दा पहिले १० जनवरीमा कांग्रेसले उनलाई दिल्ली कांग्रेसको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । 

शनिवार उनको पार्थिव शरीरलाई पूर्वी निजामुद्दीन स्थित आवासमा अंतिम दर्शनका लागि राखिएको थियो । जहाँ प्रधानमंत्री नरेंद्र मोदी, युपीए अध्यक्ष सोनिया गांधी, मुख्यमंत्री अरविंद केजरीवाल, पूर्व प्रधानमंत्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रणब मुखर्जी लगायतका नेताले श्रद्धांजलि दिएका थिए ।  

उनको निधनमा दिल्लीको केजरीवाल सरकारले  दुई दिने राजकीय शोकको घोषणा गरेको छ ।