भारतीय चंद्रयान–२ को प्रक्षेपण भाेलि अर्थात २२ जुलाइमा

भारतीय चंद्रयान–२ को प्रक्षेपण भाेलि अर्थात २२ जुलाइमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७६

काठमाडौं, एजेन्सी । भारतीय अंतरिक्ष अनुसंधान संस्थान (इसरो) ले चंद्रयान–२ को लन्च रिहर्सल पुरा भएको छ । भारतको दोस्रो चन्द्र अभियान २२ जुलाईमा दिउँसो पौने तीन बजे श्रीहरिकोटाको सतीश धवन स्पेस सेंटरबाट प्रक्षेपण गरिनेछ । 

इसरोका पूर्व प्रमुख एएस किरण कुमारका अनुसार, ‘सबै तयारी पुरा भैसकेको छ र सोमबारको अभियानका लागि इसरो तयारी अवस्थामा छ ।’
 
इसरोले यो जानकारी ट्विटरमा शेयर गरेको हो ।  ट्विटरमा भनिएको छ, जीएसएलवी एमके ३–एम १चंद्रयान–२ को तयारी पुरा भेसकेको छ । यसको अवस्था सामान्य रहेको छ । 

यसभन्दा अघि १५ जुलाईको राती अभियान शुरु हुनु ५६ मिनेट पहिले इसरोले ट्वीट गर्दै प्रक्षेपण अगाडी बढाउने घोषणा गरेका थियो ।  
इसरोका एसोसिएट डायरेक्टर (पब्लिक रिलेशन) बीआर गुरुप्रसादका अनुसार, प्रक्षेपण गर्नु केही समय अगाडी व्हीकल सिस्टममा खराबी आएका कारण चंद्रयान–को प्रक्षेपण रद्द गरिएको थियो । 

प्रक्षेपण रद्द भएपनि चंद्रयान–२ तोकिएको समय अर्थात ७ सेप्टेम्बरमा नै चन्द्रमामा पुग्नेछ । यो समय रोज्नुको कारण भने लैंडर तथा रोभरले तोकिएको समय अनुसार नै काम गरोस भन्ने हो । 

समय जोगाउनका लागि चंद्रयानले  पृथ्वीको एक चक्कर कम लगाउनेछ । पहिले ५ चक्कर लगाउने तय थियो भने अब अब चंद्रयानले ४ चक्कर मात्र लगाउनेछ । 

चंद्रयानको अवतरण सूर्यको प्रकाश ज्यादा रहने ठाउँमा गरिनेछ । लैंडरतथा रोभरले सूर्यको प्रकाशको मद्दतले १५ दिन काम गर्नुपर्ने तथा सूर्यको प्रकाश २१ सेप्टेम्बर पछि कम हुने हुँदा पनि यसलाई समयमा नै चन्द्रमामा पुर्याउनु जरुरी छ । 

चंद्रयान–२ को तौल ३८७७ किलो रहेको छ,  जुन चंद्रयान–१ भन्दा झण्डै तीन गुना बढी हो । चंद्रयान–१को तौल १३८० किलो थियो ।