ईरानद्वारा ब्रिटेनको तेल ट्यांकर कब्जा

ईरानद्वारा ब्रिटेनको तेल ट्यांकर कब्जा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७६

काठमाडौं, एजेन्सी । ईरानी सेनाको विशेष टुकड़ी ‘रेवोल्यूशनरी गार्डसले होरमुजको खाड़ीबाट ब्रिटेनको तेल ट्यांकर कब्जा गरेको छ । यस सन्र्दभमा ब्रिटेन, अमेरिका तथा नेटो देशले ईरानलाई  ट्यांकर छोड्नका लागि भनेका छन् । तर, तेहरानले भने सबै अपीललाई नजरअंदाज गरेको छ । 

२१ जुलाईमा रेवोल्यूशनरी गार्डसले ब्रिटिश तेल ट्यांकर ‘स्टेना इम्पेरो’ आफ्नो कब्जामा रहेको भिडियो जारी गरेको थियो । यसमा गार्ड्सले ब्रिटिश जहाजलाई चारैतिरबाट घेरेर कब्जामा लिएको देखाइएको छ ।  

ईरानले भने स्टेना इम्पेरोले अंतरराष्ट्रीय कानून उल्लंघन गरेका कारण कब्जामा लिइएको होरमोज्गान बंदरगाहले जानकारी दिएको हो । 

भिडियोमा ईरानी सैनिकलाई कालो मास्क लगाएर हेलिकप्टरबाट उतारेको तथा कब्जा गरेको देखाइएको छ । भिडियोमा चारवटा डुंगाले जहाजलाई घेरेको देखाइएको छ । 

जहाजमा कुल २३ क्रू मेम्बर्स थिए । जसमा १८ जना भारतीयका अलावा रूस, लात्भिया तथा फिलीपींसका नागरिक पनि थिए । 

यो घटना पछि ब्रिटेन तथा अमेरिकाले ईरानलाइ चेतावनी दिएका छन् भने नेटोले ईरानलाई ब्रिटिश जहाज छोड्न अपिल गरेको छ । 
यसै बीच ब्रिटेनका विदेश मंत्री जेरेमीले यस सिलसिलमा संयुक्त राष्ट्र संघलाई पत्र पनि लेखेका छन् । साथै उनले ईरानी विदेश मंत्री जावेद जरीफसँग भएको क्राकानी पछि उसको व्यवहार निराशाजनक रहेको बताए । 

ब्रिटेनले सीरियाबाट तेल लिएर आएको ईरानको तेल ट्यांकर कब्जा गरेको विरोध स्वरुप उसले यो कदम उठाएको हो ।