ताेक्याे नेकपाले ७७ जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज  (सूचीसहित)

ताेक्याे नेकपाले ७७ जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज  (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७६

काठमाडौं  । अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज ताेकिएकाे  जानकारी दिइएकाे छ ।   बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज ताेक्ने काम २०७६ साउन गते आइतबारका  दिन गरेकाे हो। 

बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिन  बताइएकाे  छ ।   ‘२०७६ साउन ७ गते १ बजे  पार्टी  केन्द्रय कार्यालय धुम्बाराहीमा  बैठक बसेर बाँकी निर्णय जाानकारी दिइएकाे छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो । 

तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन सकेकाे थिएन ।  केन्द्रीय सदस्यको कार्यबिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लागाएकाे छ । यसरी टुंगाे लगाएकाे सूचि यस्ताे रहेकाे  बैठक पश्चात पार्टी महासचिव विष्णु पाैडेलले जारी विज्ञप्ती सहित  ।