भेटियो ५० वर्ष पहिले समुद्रमा छोडेको सन्देश

भेटियो ५० वर्ष पहिले समुद्रमा छोडेको सन्देश

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७६

काठमाडौं, एजेन्सी । अस्ट्रेलियाका ९ वर्षीय बालक ज्या इलियटले साउथ अस्ट्रेलियन समुद्रको किनारमा एउटा शिशी भेटे । शिशी भित्र एउटा सानो चिट थियो । जुन चिट एक १३ वर्षीय ब्रिटिश बालकले शिशीमा राखेर बन्द गर्दै ५० वर्ष पहिले हिंद महासागरमा बगाएका थिए । कारण थियो यो चिट जस्ले भेट्छ उसलाई नयाँ साथी बनाउने । 

चिट शिशीमा राखेर बगाउने ती १३ वर्षीय बालक अहिलेका ६३ वर्षीय ब्रिटिश लेखक पल गिलमोर हुन् । 
नयाँ साथी बनाउने उद्देश्यले चीट बगाएका गिलमोरको भने हाल बाल्टिक सागरको समुद्र यात्रामा रहेकाले नयाँ साथीसँग उनको सम्पर्क हुन पाएन् । उनकी बहिनीले उनी यात्राबाट फर्किए पछि भने बालक इलियटसँग पक्कै भेट गर्ने बताइन् ।  

गिलमोरले संदेशमा लेखेका थिए, ‘हाम्रो जहाज पश्चिमी अस्ट्रेलियाको फ्रीमेंटलबाट १६०० किमी टाढा रहेको छ । कृपया जसले यो पत्र प्राप्त गर्छ उसले अवश्य प्रत्युत्तर गरोस ।’

इलियट गिलमोरलाई भेट्न अत्यन्त उत्साहित रहेको उनकी आमा कार्लाले बताइन् । 

गिलमोरकी बहिनी एनी क्रसलैंडले भनिन्, ‘उनको भाई हाल एक क्रूजमा छन्, जुनबखत उनी घर फर्किनेछन् उनले इलियटसँग अवश्य कुराकानी गर्नेछन् । उनले ५० वर्ष पहिले छोडेको पत्र कसैले भेट्नु एकदमै आश्चर्यको कुरा हो । हामी लामो समयदेखि पत्रको जवाफको प्रतिक्षामा थियौं ।’ 

गिलमोर १९६९ मा टीएसएस फेयरस्टार जहाजमा यात्रा गरिरहेका थिए । उनले संदेश लेखेका ६ वटा शिशी समुद्रमा फालेका थिए । उक्त जहाज प्रवासिहरुलाई लिएर अस्ट्रेलिया जाँदै गरेको थियो ।