अन्तरिक्ष एजेन्सीका अचम्मका मान्यताहरु

अन्तरिक्ष एजेन्सीका अचम्मका मान्यताहरु

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७६

काठमाडौं, एजेन्सी । यदि सबै कुरा ठीक भएमा भारतले आज अंतरिक्ष विज्ञानमा नयाँ इतिहास बनाउनेछ । भारतले आज पौने तीन बजे चंद्रयान–२ चन्द्रमामा अवतरणका लागि प्रक्षेपण गर्दैछ । तर, रीति–रिवाज तथा मान्यताका मामिलामा भने विज्ञान पनि अछुतो छैन् । त्यसैले भारतीय अंतरिक्ष अनुसंधान संस्थान (इसरो)को कुनै पनि अभियान पूर्व इसरोका वैज्ञानिकहरु सफलताका लागि भगवानलाई पुकार्छन् र विभिन्न धार्मिक अनुष्ठान तथा मान्यता पुरा गर्छन् । वैज्ञानिकको मान्यता छ यसले उनीहरुको अभियान सफल बनाउनलाई थप मद्दत गर्छ । 

१३ अंकलाई अशुभ मानिन्छ 

चन्द्र अभियानमा एपोलो–१३ को विफलता पछि अमेरिकी अंतरिक्ष एजेंसी (नासा) ले त्यसपछि अन्य कुनै पनि अभियानको नाममा १३ अंक राख्ने काम गरेन् । शायद त्यसैले होला रकेट पीएसएलवी–सी–१२ पछि इसरोले अर्को रकेटको नाम पीएसएलवी–सी–१३ नराखी रकेट पीएसएलवी–सी–१४ राख्यो । सबै अंतरिक्ष एजेंसिहरु १३ अंकलाई अशुभ मान्छन् । 

मंगलवार हुँदैन प्रक्षेपण 

सामान्यतया इसरोले मंगलवार आफ्ना कुनै पनि रकेट अन्तरिक्षमा प्रक्षेपण गर्दैन् । तर, ४५० करोड लागत रहेको मार्स अर्बिटर मिशनले भने मंगलवारमा अन्तरिक्षमा उडान भरेर दशकौंदेखि चलेको यो परम्परालाई तोडेको थियो । 

भगवान वेंकटेश्वरको पूजा

इसरोका प्रमुख वैज्ञानिकहरु कुनै पनि प्रक्षेपण भन्दा पहिले  आंध्र प्रदेशको तिरुमालामा अवस्थित प्रसिद्ध भगवान वेंकटेश्वरको पूजा गर्ने गर्छन् । साथै त्यहाँ रकेटको एउटा सानो मोडल चढाउने गर्छन् जसले गर्दा अभियानमा सफलता मिलोस । 

भारतीय अंतरिक्ष एजेंसी मात्र नभएर अमेरिकी अंतरिक्ष एजेंसी, रूसी वैज्ञानिक लगायत संसारका अन्य वैज्ञानिक समेत अभियानको सफलताको लागि धार्मिक अनुष्ठान गर्ने गर्छन् । 

नयाँ शर्ट तथा त्रिपुंड लगाउने प्रचलन 

पुरानो परंपराका अनुसार रकेट प्रक्षेपणका दिन सम्बन्धित प्रोजेक्ट निर्देशकले नयाँ शर्ट लगाउने गर्छन्, त्यस्तै इसरोका सबै मेशिन तथा यन्त्रहरुमा कुमकुमले बनेको भगवान शिवको निधारमा हुने तीन धर्के तीलक (त्रिपुंड) लगाउने गरिन्छ ।  

रकेट नहेर्ने चलन 

रूसी अंतरिक्ष यात्री जुन रकेटद्वारा यात्रा गर्छन त्यसलाई आफू त्यसमा नबसेसम्म हेर्दैनन् । दशकौं देखि यो प्रचलन चलि आएको छ । 

उल्टो गणना गरिंदैन् 

राहुको समय चलेको छ भने इसरोका वैज्ञानिकले रकेट प्रक्षेपण गर्दा गरिने उल्टो गणना गर्ने गर्दैनन् । इसरोका अनुसार यो समय कुनै पनि नयाँ काम शुरु गर्नका लागि अशुभ मानिन्छ । 

बदाम खाने प्रचलन 

जब जेट प्रोपल्शन ल्याबोरोटरीमा बसेका वैज्ञानिकले बदाम खान्छन तब मात्र अमेरिकी अंतरिक्ष एजेंसी (नासा)ले आफ्नो रकेट प्रक्षेपण गर्ने गर्छ । १९७० मा रेंजर मिशन ६ पटक असफल भयो । सातौं मिशन सफल भएका बखत एकजना वैज्ञानिक ल्याबमा बसेर बदाम खाइरहेका थिए । त्यसपछि बदाम खाने प्रचलन शुरु भएको हो । 

प्रक्षेपणको समयमा केवल अंडा, भुजिया तथा मासु खाजा खाने चलन छ । यो प्रचलन अमेरिकी अंतरिक्ष यात्री एलन शेफर्ड तथा  जोन ग्लेनको समय देखि चल्दै आएको छ । 

बसको दाहिने पांग्रामा ‘सुसु’ गर्ने चलन 

रूसी अंतरिक्ष यात्रीलाई अंतरिक्ष यानमा चढ्नु अघि जुन बसले यानसम्म लैजान्छ त्यस बसको पछाडीको दाहिने पांग्रामा अंतरिक्ष यात्रीले ‘सुसु’ गर्ने प्रचलन छ । यो परंपरा १२ अप्रिल सन् १९६१ मा शुरु भएको हो जुनबेला यूरी गगारिन अंतरिक्ष यात्रीका रुपमा थिए । उनलाई एकदमै पिसाब लाग्यो र उनले बस रोकेर बसको पछाडीको दाहिने पांग्रामा पिसाब गरे । उनको अन्तरिक्ष मिशन सफल पनि भयो । 

यो मात्रै होइन अंतरिक्षमा जानु पूर्व रूसमा अंतरिक्ष यात्रिका लागि संगीत बजाउने गरिन्छ । यसको शुरुवात पनि यूरी गगारिनले नै गरेका थिए । 

यति मात्रै होइन सबै अंतरिक्ष यात्री गगारिनको गेस्ट बुकमा हस्ताक्षर गरेर मात्र यात्रामा निस्कन्छन् ।