मैले बार्सिलोनाबार्ट रिटायर्ड लिने सोचेको छुः अल्बा

मैले बार्सिलोनाबार्ट रिटायर्ड लिने सोचेको छुः अल्बा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १५, २०७५


काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका लेफ्ट ब्याक जोर्डी अल्बाले आफू बार्सिलोना छाडेर जान नचाहेको उल्लेख गरेका छन् । 
उनको सम्झौता आगामी वर्षको जुनमा सकिदैछ । उनको सम्झौता नविकरण भएको छैन । बार्सिलोनाका महत्वपूर्ण खेलाडी अल्बाले क्लबमा आफ्नो यात्रा लम्बिने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, ‘सम्झौता नवीकरणका विषयमा म आशावादी छु । बार्सिलोना छोड्ने मैले कल्पना नै गरेको छैन ।’
उनले बार्सिलोनाबाटै आफ्नो फुटबल करियर अन्त्य गर्न चाहेको पनि स्पष्ट पारेका छन् । उनले भने, ‘फुटबलमा केही भन्न सकिँदैन । तर मैले बारम्बार भन्दै आएको छु कि म यही क्लबमा बस्न चाहन्छु ।’