भारतीय क्रिकेटर आम्बती रायडुमाथि प्रतिबन्ध

भारतीय क्रिकेटर आम्बती रायडुमाथि प्रतिबन्ध

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १५, २०७५


काठमाडौं । भारतीय क्रिकेटर अम्बाती रायडु निलम्बनमा परेका छन् । भारतका अलराउन्डर रायडुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निलम्बन गरेको हो । 

अब बलिङ परीक्षण नहुन्जेलसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा रायडुले बलिङ गर्न पाउने छैनन् । 

रायडुको बलिङ एक्सनमा प्रश्न उठेपछि आईसीसीले उनलाई १४ दिनको समयमा आफ्नो बलिङ रिपोर्ट पेश गर्न आदेश दिएको थियो । तर उनले यस अवधिमा आईसीसी समक्ष बलिङ एक्सन रिपोर्ट पेश गर्न सकेनन् । 

उनले बलिङमा राम्रो गर्दै आईसीसीको परीक्षणमा पास भए उनीमाथिको प्रतिबन्ध फुकुवा हुनेछ । 

अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा पार्टटाइम बलिङ गरेका उनको बलिङ एक्सनमाथि प्रश्न उठेपछि आईसीसीले बलिङ एक्शनको रिपोर्ट पेश गर्न आदेश दिएको थियो । उनलाई भारतमा मुरलीधरनको एक्शन भएका बलर समेत भनिन्छ ।