कलुम हड्टन–ओडोई बेच्नका लागि होइन

कलुम हड्टन–ओडोई बेच्नका लागि होइन

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १५, २०७५


काठमाडौं । इंग्लिस क्लब चेल्सीले आफ्ना युवा स्ट्राइकर कलुम हड्सन–ओडोईलाई नबेच्ने स्पष्ट पारेको छ । जनवरी ट्रान्सफरमा बायर्न म्युनिख जान खोजेका ओडोईलाई चेल्सीले नबेच्ने बताएको हो । १८ वर्षीया ओडोईलाई बायर्नले ३५ मिलियन डलरमा किन्ने तयारी गरेको थियो । उनको चेल्सीसँग अझै १८ महिनाको सम्झौता छ । उनले जनवरी ट्रान्सफर सकिने दिनसम्ममा म्युनिख जान खोजेका थिए । उनले चेल्सीमा ५ वटा खेलमा मात्रै पहिलो रोजाईको स्ट्राइकरको रुपमा खेल्ने मौका पाएका थिए । उनले आइतबारराति एफए कप अन्तर्गत शेफिल्ड विरुद्धको खेलमा ३–० को जित निकाल्दा एक गोल गरेका थिए । त्यसपछि क्लबका सहायक प्रशिक्षक जियानफ्रान्को जोलाले क्लबलाई उनको आवश्यकता अझै बढी बोध भएको उल्लेख गरे । चेल्सीले जनवरी ट्रान्सफरमा युवा खेलाडी क्रिस्टियन पोलिसिचलाई भित्र्याएको छ भने युभेन्टसबाट लोनमा मिलान गएका गोन्जालो हिगुएनलाई पनि ल्याएको छ ।