कश्मीर मुद्दामा ट्रम्पको भनाई अनुभवहिनः ब्रैड शरमैन

कश्मीर मुद्दामा ट्रम्पको भनाई अनुभवहिनः ब्रैड शरमैन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७६

काठमाडौं, एजेन्सी । भारतीय प्रधानमंत्री नरेंद्र मोदीले कश्मीर मुद्दामा आफूलाई मध्यस्थता गर्नका लागि भनेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईप्रति विवाद उत्पन्न भएको छ । 

भारतीय विदेश मन्त्रालयले त्यो भनाइको खण्डन गरिसकेको छ । भने अमेरिकी सरकारले पनि त्यो भनाईबाट पछि हट्दै भारत र पाकिस्तानबीच कश्मीरको विषयमा वार्ता भए अमेरिका खुशि हुने र दशकौंदेखि भारतले अन्य देशको मध्यस्तता नचाहेको भन्ने वत्तव्य दिएको थियो । 

तर, अहिले फेरि ट्रम्पका आर्थिक सलाहकार लैरी कुडलोले  राष्ट्रपतिको बचाउ गरेका छन् । उनले भने, ‘राष्ट्रपतिले कहिले पनि आफ्नो तर्फबाट कुरा बनाउने गरेका छैनन ।’ 

अमेरिकाको विपक्षी डेमोक्रेट पार्टीका सांसद ब्रैड शरमैनले ट्रम्पको यो बयान एकदमै शर्मनाक भएको बताए । उनले आफना्े  ट्वीटमा भनेका छन, ‘मैले भारतीय राजदूत हर्ष श्रृंगलासँग ट्रम्पको यो अनुभवहीन बयानका लागि माफी मागें । जसलाई दक्षिण एशियाको विदेश नीतिका बारेमा थोरै पनि जानकारी छ उसलाई के थाहा छ भने भारत कश्मीर मुद्दामा तेस्रो पक्षको हस्तक्षेप चाहँदैन् ।’