काठमाडौँ मै राजनीतिक दबाब र पहुँचका आधारमा २९ वर्षदेखि सामुदायिक विद्यालयमा कलेज सञ्चालन !

काठमाडौँ मै राजनीतिक दबाब र पहुँचका आधारमा २९ वर्षदेखि सामुदायिक विद्यालयमा कलेज सञ्चालन !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण ८, २०७६

काठमाडौ । एउटै विद्यालयमा ० प्लस टु चलाउने र १० प्लस टु चलाउने भन्ने विषयको विवाद स्थानीय तहले मिलाउन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठामाडौ पुगेको छ । 

कमपा ३२ कोटेश्वर स्थित कोटेश्वर सरस्वती मावि र कोटेश्वर बहुमुखि क्याम्पस बिचाको विवाद  जिल्ला प्रशासन कार्यलयमा पुगेको हो । २०२८ सालदेखि सञ्चालित उक्त विद्यालयमा २०४७ सालदेखि कोटेश्वर बहुमुखि क्याम्पसले प्रविणता प्रामाणपत्रको कक्षाहरु सञ्चालन गर्दै आएको थियो ।  पछिल्लो समयमा ०  प्लस टु चलाउन नपाउने भए पछि त्रिभुवन विश्वविद्यालयबाट स्नातक र स्नाकोतर कक्षा सञ्चालनको अनुमति लिएर उक्त विद्यालयमा कक्षा सञ्चालन गरिंदै आएको थियो । 

उत्त विद्यालयको कक्षा कोठामा कक्षा सञ्चालन हुँदाहुँदै २०७५ सालमा कोटेश्वर सरस्वती माविले पनि  १० प्लस टु सञ्चालनको अन्मति माग्यो । सोहीे बमोजिम २०७५ असार ३१ गते उक्त विद्यालयमा कक्षा सञ्चालनको अनुमति दिएपछि विवादको शुरुवात भएको हो । पटक पटक मौखि र लिखित रुपमा विद्यालय सञ्चालक समिति र विद्यालय प्रशासनले विद्यालय खाली गरिदिन अनुरोध गर्दा पनि राजनीतिक आडभारोसामा समुदायिक विद्यालयमा कक्षा सञ्चालन हुँदै आएको थियो । विद्यालयले  ‘विद्यालयको अनुमति बेगर जबरजस्ती कक्षा सञ्चालन गरेका,े  उक्त विद्यालय खाली गर्न र विद्यालय कम्पाउण्ड भित्र बसेर भर्ना नलिन विद्यालयले अनुरोध गर्दा बेवस्ता गरेपछि विद्यालयले काठमाडौ महानगरपलिाका गुहार्‍यो ।

नगर कार्यपालिकाको शिक्षा विभागले २०७६ असार २३ गते ‘सहमति कार्यान्वयन गर्ने सम्बन्धमा’ भनि परिपत्र समेत  गर्‍यो । उक्त पत्रमा ‘साविक विद्यालय व्यावस्थापन समिति र क्याम्पस संचलक बिच के–कस्तो, कति अवधिको लागि कुनकुन सतमा सहमति भै क्याम्पसले विद्यालयको भवन प्रयोग गरेको हो, सो बमोजिम पूर्व सहमति कार्यन्वय गरि विद्यालयको शिक्षण सिकाईलाई पहिलो प्रथामिकता राखी सहमति गर्न कार्यनव्यन गर्न पत्र लेखे पछि पनि विद्यालयको कम्पाउण्डमा नै गतिविविधलाई निरन्तरता दिने काम हाल सम्म पनि रोकिएको छैन । 

यसरी सामुदायिक विद्यालयले आफ्नो भर्ना लिनेभन्दा पनि कोटेश्वर बहुमुखि क्याम्पसले नै विद्यालय हातमा नै बसेर भर्ना लगायतका कामलाई रोक लगाई विद्यालयको भवन खाली गराउनको लागि विद्यालयको भनि २०७६ असार ३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘आवश्यक कार्यबाही गरिदिनु हुन’ भनेर विद्यालयका प्रधानाधयापक पुष्पराज कुंवरे निवेदन दिनुभएको थियो । विद्यालयको उक्त निवेदनमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले तत्काल तोक लगाउँदे ‘के कति कारणले आफ्नो स्वामित्व नभएको विद्यालय प्रयोग गरेको हो । प्रयोग गनुपर्ने कुनै आधार कारण भए तत्काल विवरण पठाउन, त्यस्तो कारण नभए यथासक्य खाली गरी जानकारी गराउन सम्बन्धीत पक्षलाई लेखि पठाउन आदेश दिनुसभयो । यसरी प्रजिअको तोक आदेश सहायक प्रमुख जिल्ला अधिकारीमा रहेको छ । त्यो तोक आदेश नेकपाका नेता महेन्द्र पाण्डेको दबाबमा कार्यन्वयन नहुने अवस्थामा पुगेको छ । राजनीतिक आडमा सहयाक प्रमुख जिल्ला अधिकारीले बोलाएको छलफलमा समेत क्यम्पस प्रमुख गोबिन्द कार्की नजानु भएको बताइन्छ  । यस सम्बन्धमा क्यम्पस प्रमुख गोबिन्द कार्की भन्नुहुन्छ – चर बजे पछि बोलएको हुँदा नगएको हुँ । जबरजस्ती विद्यालयको गेटमा नै बसेर भर्ना लिने र कक्षा समेत  सोही विद्यालयमा गर्ने तयारी भइरहेको  छ । स्मरण रहोस उक्त कोटेश्वर बहुमुखि क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पनि नेकपा नेता  महेन्द्र पाण्डे नै हुनुहुन्छ ।

कोटेश्वर बहुमुखि क्याम्पसको आफ्नै भवन कोटेवरको जरीबुटीमा बनिसकेको अवस्थामा पनि बिद्यालयको  बिना अनुमति भर्ना लिएको  सम्बन्धमा  क्याम्पस प्रमुख गोविन्द कार्की विद्यालयको गेट भन्दा बाहिर पिपलबोटमा स्टल राखेर भर्ना लिएको जानकारी दिनुभयो । क्याम्पसको भवन तयार भएको र सर्न अझ केही समय लाग्ने बताउँदै विद्यालय र विद्यालय सञ्चालक समितिसँग कुनै पनि खालको अनुमति, सहमति वा सम्झौता नभएको तर क्याम्पस सञ्चालन गर्ने सम्बन्धी भएको पहिलो भेलामा आफ्नो भवन नहुनजेल कक्षाहरु कोटेश्वर सरस्वती माविमा चलाउने बुद्धिजिवीहरुको भेलालाई नै आधार बनाई कक्षा सञ्चालन गर्दै आएको भने स्विकार गर्नुभयो । 

विगतमा उक्त क्याम्पस र विद्यालयको दुबैको सञ्चालक समितिको अध्यक्ष तत्कालीन एमाले नेतको हैसियतले महेन्द्र पाण्डे भएको हुँदा पनि यति लामो समयसम्म विद्यालय निर्णय, अनुमति र सहमति बेगर नै राजनीतिक प्रभावमा कक्षा सञ्चालन गरिदै आएको पुष्टि भएको छ ।  हाल आएर विद्यालयले नै १० प्लस टु को अनुमति पाए पछि एउटै कक्षामा दुइवटा कक्षा सञ्चालन गर्ने अवस्था सृजना भएको हो । यसको सहि निकास निकाल्नुको सट्टा अहिले पनि राजनीतिक पहुँच प्रयोग गरेर पुनः कक्षा निरन्तर दिने हिसावले प्रजिअको निवेदन फिर्ता लिन विद्यालय प्रशासनलाई दबाब दिइएको बताइएको छ । यससम्बन्ध क्याम्पस प्रमुख कार्कीले फिर्ता लिन दबाब भन्दा पनि म र क्याम्पस सञ्चालक समितिका अध्यक्ष महेन्द्र पाण्डेले विद्यालयका प्रअ पुष्पराज कुँवर र विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र न्यौपानेलाई अनुरोध गरेर ‘सल्टाउन‘ खोजेको जानकारी दिनुभयो ।