फर्च्युन ग्लोबल–५०० को सूची जारी

वालमार्ट पहिलो स्थानमा

फर्च्युन ग्लोबल–५०० को सूची जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७६

काठमाडौं, एजेन्सी । फच्र्युनले यस वर्ष संसारका ५०० उत्कृष्ट कम्पनीको सूची सार्वजनिक गरेको छ । फर्च्युन ग्लोबल–५०० मा यस वर्ष पनि अमेरिकाको रिटेल कंपनी वालमार्टले पहिलो स्थान प्राप्त गरेको छ ।

दोस्रो नम्बरमा भने चीनको सरकारी तेल तथा ग्यास कंपनी सिनोपेक छ । डच कंपनी रोयल डच शेल तेस्रो, चाइना नेशनल पेट्रोलियम चौंथो तथा चीनकै स्टेट ग्रिड कंपनी पाँचौं नम्बरमा रहेका छन् । 

साउदी अरबको तेल कंपनी साउदी अराम पहिलो पटक उत्कृष्ट दशमा पर्न सफल भएको छ । उसको स्थान पनि दश नै रहेको छ । 

छिमेकी देश भारतका ७ वटा कम्पनीहरु फर्च्युन ग्लोबल–५०० मा पर्न सफल भएका छन् । रिलायंस इंडस्ट्रीज यसपटक भारतको उत्कुष्ट कम्पनीको रुपमा रहँदै फर्च्युन ग्लोबलमा भने १०६ औं स्थानमा रहेको छ । यसअघि रिलायंस १४८ औं नम्बरमा थियो । उसले ४२ स्थान सुधार गरेको हो । 

यसअघि भारतको उत्कुष्ट कम्पनीको रुपमा फर्च्युन ग्लोबलमा रहेको इंडियन आयल कर्पोरेशन (आईओसी)लाई यसपटक भने रिलायंसले उछिनेको छ । आईओसी ११७ नम्बरमा रहेको छ । यसअघि आईओसी १३७ नम्बरमा थियो भने उसले पनि २० स्थान सुधारेको छ । 

रिलायंस लगातार १६ वर्षदेखि फर्च्युन ग्लोबल–५०० को सूचीमा रहँदै आएको छ । कम्पनीको आम्दानी यसवर्ष ३२.१ प्रतिशतले वृद्धि भई ८२.९ अरब डलर भएको छ । त्यस्तै आईओसीको आम्दानी भने १७.७ प्रतिशतले वृद्धि भई ७७.६ अरब डलर पुगेको छ ।  

फर्च्युन ग्लोबल–५०० मा सूचीकृत अन्य भारतीय कम्पनीमा ओएनजीसी, एसबीआई, टाटा मोटर्स, भारत पेट्रोलियम तथा राजेश एक्सपोर्ट रहेका छन् ।