दैनिक व्यायामले अल्जाइमर कम हुने

दैनिक व्यायामले अल्जाइमर कम हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७६

काठमाडौं, एजेन्सी । वैज्ञानिकको मान्यता छ कि दैनिक हल्का–फुल्का व्यायामले पनि उमेर वृद्धिसँगै हुने स्मरणशक्तिमा हुने कमी रोक्न मद्दत गर्छ । हार्वर्ड मेडिकल स्कुलका शोधकर्ताले यदि दैनिक ८ हजार ९ सय कदम हिंडेका खण्डमा अल्जाइमर कम गर्न सकिने दावी गरेका छन् । १८२ जनामा गरिएको अनुसन्धानमा यो नतिजा पाइएको हो । 


जामा न्यूरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखका अनुसार, जो मानिसको स्मरण शक्ति र्हास भैरहेको छ उसका लागि दैनिक सामान्य हिंडडुल लाभप्रद रहेको देखिएको छ । वैज्ञानिकका अनुसार मस्तिष्कमा एमिलायड बीटा नामको प्रोटीन धेरै भएका खण्डमा अल्जाइमर हुने गर्छ । 

हार्वर्ड मेडिकल स्कुलका असिस्टेंट प्रोफेसर डा. जसमीर चटमालका अनुसार, शारीरिक गतिविधिले स्मरण शक्तिमा सुधार हुनुका साथै ब्लड प्रेशर, मोटोपन, स्मोकिंग, डायबिटीजको खतरा पनि कम गर्न सकिन्छ । अनुसन्धानमा सामेल १८२ जनाको विचार गर्ने तथा स्मरण शक्तिक बारेमा ७ वर्षमा २ पटक जाँच गरिएको थियो । 

शोधमा संलग्न सबैको दिमाग स्क्यान गरेर एमिलायड प्रोटीनको स्तर हेरिएको थियो । शोधकर्ताका अनुसार पछिल्ला धेरै अनुसन्धानमा व्यायामले प्रोटीनको के स्तर बढ़्न रोकेको पाइयो । जो मानिस पहिलेदेखि सक्रिय थिए उनीहरुको मस्तिष्कको कोशिकामा एमिलायड बीटा प्रोटीन नियंत्रित भएको पाइयो ।