छवि–शिल्पा सम्बन्धः समझदारी नहुने बिन्दुमा ! पक्राउ पुर्जी जारी

छवि–शिल्पा सम्बन्धः समझदारी नहुने बिन्दुमा ! पक्राउ पुर्जी जारी

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ८, २०७६

चलचित्र क्षेत्रमा व्यक्तिगत सम्बन्ध र विवाद सार्वजनिक हुनु नौलो विषय होइन । कति जानाजान (आफूलाई चर्चामा ल्याउन) विवादमा मुछिन्छन् त कति अन्जानवस । यिनैमध्येका एक पात्र हुन्, निर्माता छवि ओझा । उनी विवादमा मुछिनुको कारण हो– नायिकासँगको सम्बन्ध । 

पछिल्लो समय पनि छवि नायिका एवम् पत्नी शिल्पा पोखरेलसँगले ‘घरेलु हिंसा’ गरेको भन्दै प्रहरीमा उजुर गरेपछि विवादमा तानिएका हुन । विवाद कतिसम्म बढ्यो भने शिल्पाले छविविरुद्ध सम्बन्धविच्छेदको निवेदन दर्ता गरेपछि यी दुईबीचको विवाद झनै सतहमा आइरहेको छ । 

छवि–शिल्पाको यो विवाद पहिलो पटक मात्र आएको भने होइन । यसअघि पनि यी दुईबीचका विवाद थुप्रै पटक सार्वजनिक भए । र, समझदारीमा टुंगिए । केही समयअघि पनि यी दुईबीचको खटपट प्रहरीको मध्यस्ततामा समझदारी भएको थियो । ]

तर, पछिल्लो पटक यी दुई बीचको सम्बन्धमा समझदारी नहुने बिन्दुमा पुगेको छ । किनकि शिल्पाले छविसँग औपचारिक रुपमा नै सम्बन्धविच्छेदको निवेदन दिइसकेकी यो सम्भावन कम हुँदै गएको हो । लाग्छ– यी दुईबीचको सम्बन्धले ‘विकराल’ रूप लिइसकेको छ । केही समयअघि शिल्पाले अनलाइन टिभीमा दिएको अन्तर्वार्ताले पनि यो कुरालाई पुष्टि गर्छ । अन्तर्वार्ताका क्रममा छविको प्रसंगमा शिल्पा रोएकी थिइन् । उनी वास्तवमै रोएकी हुन् वा देखावटी हो । त्यो त समयले नै बताउला । तर, दर्शकले भने शिल्पाको रुवाईलाई ‘कोकोहोलो’ भनी कटाक्ष समेत गर्न पछि नपरेको देखिदैछ । 

यी दुईको सम्बन्ध के होला ? उनीहरुका ‘फ्यान’ चासोको विषय बनेको छ । 

कसरी जोडियो शिल्पा–छवि सम्बन्ध ? 

छवि ओझा नेपाली चलचित्र उद्योगमा सफल निर्माताको ‘छवि’ बनाएका व्यक्ति हुन । उनी नयाँ अनुहारलाई फिल्ममा ‘ब्रेक’ दिएर ‘विवाहस्तर’को सम्बन्ध राख्ने गरेका छन् । चाहे रेखा थापा होस् वा शिल्पा पोखरेल, छविले यसरी नै ‘सम्बन्ध’ गाँसेका  थिए । 

उनले सुरुमा रेखासँग ‘सम्बन्ध’ जोडे । त्यसको केही वर्षपछि रेखासँग उनको ‘सम्बन्ध विच्छेद’ भयो । त्यसपछि उनको जीवनमा शिल्पा भित्रिइन् । उनले शिल्पासँग कानुनी रूपमा विवाह पनि गरे । तर, केही समयपछि नै यी दुईबीच खटपट सुरु भयो । 

छविको धुमिलिँदै ‘छवि’

नेपाली चलचित्र उद्योगमा सफल निर्माता कहलिएका छविविरुछ धमाधम उजुरी पर्न थालेका छन् । जसका कारण उनको ‘छवि’ धुमिलिँदै छ । 

केही समयअघि छविकी जेठी पत्नी हेमाले उनीविरुद्ध महानगरीय प्रहरी वृत्त, गौशालामा बहुविवाहको जाहेरी दिइन् । शिल्पासँग कानुनी रूपमा विवाह गरेकाले छविविरुद्ध बहुविवाहको उजुरी दर्ता गरेको हेमाले बताएकी छन् । 

यसअघि भने विभिन्न महिलासँग छविको नाम जोडिएको भए पनि प्रमाण नभएका कारण उजुरी नदिएको उनको भनाइ छ । 

हेमाले भनेझैं छविको नाम विभिन्न महिलासँग जोडिने गरको छ  । रेखासमेत गरेर तीन– चार जनासँग उनको वैवाहिक स्तरको सम्बन्ध रहेको सार्वजनिक भइसकेको छ । 

पछिल्लो समय शिल्पाले पनि उनीविरुद्ध घरेलु हिंसा गरेको भन्ने उजुरी दिए पछि उनकी जेठी पत्नी हेमा र अन्य महिला जुर्मराएका छन् । त्यसअघि उनका बारेमा अनेकले टिप्पणी गरे पनि उजुरी दिएका थिएनन् । यसबारे रेखाले शिल्पालाई भेटेर सान्तवना दिनु बाहेक सार्वजनिकरु रुपमा केही बोलेकी छैनन् । 

छविलाई यस्ता हरकत गर्ने छुट कसले दियो ? कि उनलाई कसैले आड दिइरहेको छ ? शिल्पाले उजुरी नदिएसम्म कसैले यसबारे मुख किन खोलेनन् ? 

आम दर्शक शुभेच्छुले यसबारे चासोका साथ हेरिएको छ ।  

त्यसमाथि छविसँग लामो समयसँगै बिताएकी रेखाले पनि यसबारे केही नबोल्नु रहस्यमय ढंगले हेरिएको छ ।  रेखाले बोल्न नचाहेको हो वा अन्य कुनै  कारण छ त्यसको जवाफ समयले नै दिने छ । 

पक्राउ पुर्जी जारी

प्रहरीले छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिनुभएकाे छ

छविकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हाल्नु भएको थियो । उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।

हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् । नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ  जरिवान हुने व्यावस्था छ ।