दक्षिण अमेरिकी फुटबल संघलाई भ्रष्टाचारी भनेकोमा मेसीलाई कारवाही

एक म्याचको प्रतिबंध

दक्षिण अमेरिकी फुटबल संघलाई भ्रष्टाचारी भनेकोमा मेसीलाई कारवाही

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७६

काठमाडौं, एजेन्सी । कोपा अमेरिकामा भएको तेस्रो स्थानको म्याचमा अर्जेंटीनाका कप्तान लियोनल मेसीलाई  रेड कार्ड देखाइएको थियो ।

उनले दक्षिण अमेरिकी फुटबल प्रमुखमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । यसै विषयलाई लिएर मेसीमाथि एक म्याचको प्रतिबंध लगाइएको हो ।

उनलाई १५०० डलर जरिवाना पनि गरिएको छ । 

मेसीले खेल समाप्त भएपछि खेल मिलेमतो भएको र आयोजक ब्राजीलको पक्षमा पारिएको बताएका थिए । ब्राजीलले सेमीफाइनलमा अर्जेंटीनालाई हराएको थियो । 

मेसीले दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबल)माथि भ्रष्टाचारको आरोप लगाएका थिए भने पुरस्कार वितरण समारोहमा पुरस्कार लिन पनि गएनन् ।