तीजको भड्किलो पन रोक्न प्रदेश सरकारले पहल थाल्ने

तीजको भड्किलो पन रोक्न प्रदेश सरकारले पहल थाल्ने

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ९, २०७६

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने दावी गर्नु भएको छ ।  

नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा मुख्यमन्त्रीसँगको भेटमा  उपरोक्त कुरा बताउनुभएको हो । पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ? , पुरुषले चुरोट खाए हामीले खान के भो ? भन्दै तर्क गरेर महिला सशक्तीकरण नहुने गुरुङको तर्क थियो ।  

 मुख्यमन्त्री  गुरुङले तीजको नाममा हुने विकृति रोक्न प्रदेशसभामा नै जानकारी गराएर प्रहरी प्रशासनमार्फत  आवश्यक पहल गरिने आश्वासन दिनुभएको थियो ।  'हामीले प्रदेशसभामा जानकारी गराउँछौ भड्किलो भोज भतेरमा किन जानु पर्‍यो ?, तीज विशेष महत्वका कार्यक्रमलाई प्रवचन तथा गोष्ठी  गरेर पनि मनाउन सकिने सल्लाह थियाे । 

तीजको महत्व र गरिमा हुने कार्यक्रमलाई आफूले महत्व दिने मुख्यमन्त्रीको भनाइ थियो । स्वस्थ्य र सामाजिक न्याय स्थापित समाजले सबैको भलो गर्ने भएकाले कुनै पनि पर्व विशेषको बहानामा गलत संस्कारलाई स्थापित गर्न नहुने मुख्यमन्त्रीले औल्याउनुभयो ।

 तीजको नाममा महिना दिन अघिदेखि हुने भड्किलो गतिविधिलाई निरुत्साहित गरेर तीजको ऐतिहासिक महत्व र सांस्कृतिक सद्भाव कायम गर्न नारी जागरण अभियानले विशेष कार्यक्रम तयारी गरिरहेको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिनुभयो ।