बेलायतमा भारतीय मूलकी गृहमंत्री

बेलायतमा भारतीय मूलकी गृहमंत्री

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७६

काठमाडौं, एजेन्सी । भारतीय मूलकी कंजरभेटिभ पार्टीकी नेता प्रीति पटेल बेलायतको नयाँ गृहमंत्री भएकी छन् । पटेल यो पद हासिल गर्ने भारतीय मूलकी पहिलो महिला  हुन् । 

उनी थेरेसा मे को ब्रेग्जिट नीतिको कट्टर आलोचक हुन् । यसअघि बेलायतको गृहमंत्री रहेका पाकिस्तानी मूलका साजिद जाविद भने हाल वित्त मंत्री रहेका छन् । 

कार्यभार सम्हाले पछि उनले भनिन्, ‘मेरो कार्यकालमा पहिलो कोशिश भनेकै देश र नागरिकको सुरक्षा हो । केही समयदेखि सडकमा धेरै हिंसा देखिएका छन् यसमा पनि नियन्त्रण गरिनेछ । हाम्रा अगाडी चुनौती अवश्य छन् तर हामी त्यसको समाधान अवश्य गर्नेछौं ।’ 

पद सम्हाल्नु केही समय पहिले उनले भनिन्, ‘मन्त्रीमण्डलले नयाँ बेलायतको मात्र नभएर नयाँ कंजरभेटिभ पार्टीको समेत प्रतिनिधित्व गर्नुपर्नेछ ।’

कंजरभेटिभ पार्टीमा मे लाई हटाएर बोरिस जोनसनलाई प्रधानमंत्री बनाउन ‘ब्याक बोरिस’ भन्ने क्याम्पियन नै चलाइएको थियो जसको पटेल एक प्रमुख हिस्सा थिइन् । जोनसन प्रधानमंत्री बनेपछि उनलाई प्रमुख पद मिल्ने निश्चित जस्तै थियो । 

पटेल २०१० मा पहिलो पटक एसेक्सको विथेमबाट कंजरभेटिभ सांसद बनेकी थिइन् । उनी २०१४ मा ट्रेजरी मिनिस्टर,तथा २०१५ मा इम्प्लोइमेंट मिनिस्टर बनेकी थिइन् । २०१६ को थेरेसा मे सरकारमा भने उनी विदेश मंत्री थिइन् ।