१९ वर्षका मिलाकले तोडे फेल्प्सको रेकर्ड

२०० मीटर बटरफ्लाईमा सबैभन्दा कम समयमा स्वर्ण

१९ वर्षका मिलाकले तोडे फेल्प्सको रेकर्ड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ९, २०७६

काठमाडौं, एजेन्सी । हंगेरीका १९ वर्षका पौडीवाज क्रिस्टोफ मिलाकले वर्ल्ड च्याम्पियनशिपको २०० मीटर बटरफ्लाई प्रतिस्पर्धामा १ मिनेट ५०.७३ सेकेंडमा स्वर्ण पदक जीतेका थिए । उनी सबैभन्दा कम समयमा स्वर्ण जीत्ने पौडीवाज बनेका छन् । 

उनले चर्चित अमेरिकी पौडीवाज माइकल फेल्प्सकको रेकर्ड तोड़ेका छन् । फेल्प्सले १० वर्ष पहिले रोममा १ मिनेट ५१.५१ सेकेंडमा स्वर्ण जीतेका  थिए । मिलाकले फेल्प्स भन्दा ०.७८ सेकेंड कम समयमा उक्त दूरी पुरा गरेका थिए ।