न्यून रक्तचापको समस्या हटाउने सजिलो उपाय

न्यून रक्तचापको समस्या हटाउने सजिलो उपाय

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ९, २०७६

काठमाडौं । तपाईंलाई न्यून रक्तचापको समस्या छ ? छ भने तपाईंका लागि खुसीको खबर छ । 

शोध अनुसार दैनिक एक घन्टा व्यायाम गरेर तथा पर्याप्त पानी पिएर न्यून रक्तचापबाट जोगिन सकिन्छ । 

शोधकर्ताले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सहयोगमा रक्तचापको समस्याबाट जोगिने सजिलो उपाय पत्ता लगाएको हो । अध्ययनमा आठ पुरुष र चार महिला अन्तरिक्ष यात्री सामिल थिए । 

खासगरी, अन्तरिक्षबाट फर्किएका यात्रीले प्रायः न्यून रक्तचापका कारण रिँगाटा लाग्ने, बेहोस हुने लगायतका समस्या भोग्नुपर्छ । 

वैज्ञानिकले भनेका छन्- नियमित व्यायाम गर्दा हृदयको मांसपेशीको अवस्था सुध्रिन्छ । यससँगै शरीरलाई पर्याप्त पानी मिल्छ भने पूरै स्थिति सुध्रिन्छ । 

अध्ययनका क्रममा कुनै पनि अन्तरिक्ष यात्री बेहोस भएनन् । नियमित व्यायामले अन्य रोगबाट पनि जोगाउँछ । 

वास्तवमा हृदयको मांसपेशी कमजोरी भएको अवस्थामा हृदयले धेरै कम मात्रामा रगतलाई पम्प गर्न सक्छ । यसले शरीरमा रक्तप्रवाहको गति कम गराउँछ र व्यक्तिको रक्तचाप न्यून हुन्छ । यसले हर्टअट्याक र हृदयमा इन्फेक्सनको खतरा पनि बढ्न सक्छ । यसका अलावा हृदयको धड्कनको गति कम हुने भएकाले रक्तचाप कम हुन्छ । 

सेप्टिसिमिया वा कुनै गम्भीर इन्फेक्सन हुँदा पनि रक्तचाप तीव्र गतिले घट्छ । यही थायरायड ग्ल्याण्डको सिक्रिसन कम हुन्छ । यस्तो स्थितिमा न्यून रक्तचापको समस्या हुन्छ । 

तनावका कारण केही मानिसको रक्तचापको बढ्न सक्छ । यसले न्यून रक्तचापको समस्या पनि हुन सक्छ । यस्तो स्थितिमा मेडिटेसन पनि फाइदाजनक हुन्छ । यो समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो ।