हावाबाट कार्बन डाईअक्साइड तथा अक्सिजन छुट्ट्याउने बायो पर्दा

हावाबाट कार्बन डाईअक्साइड तथा अक्सिजन छुट्ट्याउने बायो पर्दा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७६

काठमाडौं, एजेन्सी । बेलायतको एउटा आर्किटेक्चर फर्म ईको लजिक स्टुडियोले यस्तो वायो पर्दा बनाएको छ जसले वातावरणमा रहेको कार्बन डाईअक्साइडलाई सोस्ने गर्छ । यसलाई कम्पनीले शहरी पर्दाको रूपमा तयार गरेको छ । फोटो सिंथेटिका नामको यो पर्दाले हरेक दिन वातावरणमा रहेको करीब एक किलो कार्बन डाईअक्साइड सोस्ने काम गर्छ । जो २० वटा ठूलो रुखले सोस्ने कार्बन डाईअक्साइड बराबर हुन्छ ।

यस प्रकारको हरेक मोडेलले फोटोबायोरिएक्टरले जस्तै काम गर्छ । डिजिटल्ली डिजाईन गरिएको बायोप्लास्टिकले बनेको यो पर्दाले सूर्यको प्रकाशको उपयोग यसमा राखिएको लेउलाई भोजन उपलब्ध गराउनका लागि गर्छ भने राती यसले उज्यालो छर्ने गर्छ । यसमा दुषित हावा तल रहन्छ भने सफा हावा पानी हुँदै फोकाको रुपमा माथि आउँछ । यो कार्बन न्यूट्रल बायो पर्दाले लेउको प्रयोग हावामा रहेको कार्बन सोस्न तथा अक्सीजन छोड्नका लागि  गर्ने गर्छ । 

ईको लजिककी सह संस्थापक क्लाडिया पास्क्वेरोका अनुसार, यो लेउले वातावरणमा रहेको कार्बन डाईअक्साइड लाई आफू भित्र जम्मा गरेर बायोमासमा परिवर्तन गर्छ । यसको प्रयोग बायोप्लास्टिक बनाउने कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ । लेउमा रहेको सायनो ब्याक्टेरिया सेलले हावामा रहेको विषालु कणलाई खाईदिन्छ र सफा हावालाई माथि पठाईदिन्छ । यति मात्र नभएर यसले हावामा रहेको कार्बन डाईअक्साइड तथा अक्सीजन लाई पनि अलग गर्ने गर्छ । 

यो पर्दालाई भवनको छेउमा झुण्ड्याउन मिल्ने गरी तयार गरिएको छ । यसका १६ वटा मोडल छन् तथा हरेक मोडल दुई मीटर चौड़ा तथा सात मीटर लम्बाईका हुन्छन् । जुन बायो प्लास्टिकको दुई पारदर्शी तहमा बनेका हुन्छन् । यो सबै आपसमा जोडिएको हुन्छ र यसको बीचमा लेउ रहेको हुन्छ । आवश्यकताका हिसाबले यो पर्दाको मूल्य ३६ हजारदेखि २ लाख सम्म पर्छ ।