रेष्टुरेन्टमा राेबाेट

रेष्टुरेन्टमा राेबाेट
अहमदाबादस्थित स्वैग रेष्टुरेन्टमा  ग्राहकको सेवामा खानेकुरा उपलब्ध गराउनका लागि रोबोटको प्रयोग गरिएको छ । लेक्सा नामको उक्त रोबोटले वेटरको काम गर्छ ।

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७६

लेक्सामा ‘फेस रिकग्निशन फीचर’ रहेको छ । त्यसकारण पहिलो पटक रेष्टुरेन्टमा जाने ग्राहकको तस्वीर खिच्नुका साथै उसको नाम पनि सुरक्षित राख्छ । उक्त ग्राहक दोस्रोपटक रेष्टुरेन्ट जाँदा उसले नामले बोलाउँछ । 

गुजरातमा रोबोटले वेटरको काम गरेको यो पहिलो पटक हो । साथै लेक्सा संसारको पहिलो रोबोट हो जस्ले गुजराती बोल्छ । यसले अंग्रेजीमा पनि कुराकानी गर्छ । 

रेष्टुरेन्टमा हाल दुइवटा रोबोटले काम गरिरहेको छ । 

चेन्नईमा करीब १ वर्ष पहिले ‘रोबोटिक फुड डेलीभरी’को  शुरुवात भएको थियो ।